आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ११, २०८३
|
|
१७८ पटक हेरिएको
Shares
आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सारांश

  • हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
  • कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ।
  • मधेश प्रदेश लगायत बाँकी लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल तथा बाँकी तराई भूभागमा मुख्यतया सफा रहेको छ।

काठमाडौं ।

हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ। मधेश प्रदेश लगायत बाँकी लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल तथा बाँकी तराई भूभागमा मुख्यतया सफा रहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा साथै बागमती प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश केही स्थानहरूमा, मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहर हुने सम्भावना रहेको छ। आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन
मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
झापामा दुर्घटनामा परी घाइते दुईजनाको मृत्यु
झापामा दुर्घटनामा परी घाइते दुईजनाको मृत्यु
कांग्रेस सांसदसँग पूर्णबहादुर खड्काले भने– देश र जनताका सवालमा दृढतापूर्वक काम गर्नुस्
कांग्रेस सांसदसँग पूर्णबहादुर खड्काले भने– देश र जनताका सवालमा दृढतापूर्वक काम गर्नुस्
हात्तीको आक्रमणबाट झापामा एक जनाको मृ*त्यु
हात्तीको आक्रमणबाट झापामा एक जनाको मृ*त्यु
रास्वपा सचिवालयको बैठक आज बस्दै
रास्वपा सचिवालयको बैठक आज बस्दै
इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आ*क्रमण
इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आ*क्रमण
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
आलेखः सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
आलेखः सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
फुटेको एक्टोपिक गर्भावस्थाको जटिल शल्यक्रियाबाट जोगियो महिलाको ज्यान
फुटेको एक्टोपिक गर्भावस्थाको जटिल शल्यक्रियाबाट जोगियो महिलाको ज्यान