राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २१, २०८२
|
|
५६ पटक हेरिएको
Shares
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा

सारांश

  • फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नूले जम्मा २७ दिनमै राजीनामा दिएका छन् ।
  • ९ सेप्टेम्बरमा प्रधानमन्त्रीको पद सम्हालेका उनले ६ अक्टोबरमा राजीनामा दिएका हुन् ।
  • राष्ट्रपति इम्यानुएल म्याक्रोंले उनको राजीनामा स्वीकृत गरिसकेका छन् ।

२१ असोज, काठमाडौं । फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नूले जम्मा २७ दिनमै राजीनामा दिएका छन् । ९ सेप्टेम्बरमा प्रधानमन्त्रीको पद सम्हालेका उनले ६ अक्टोबरमा राजीनामा दिएका हुन् । राष्ट्रपति इम्यानुएल म्याक्रोंले उनको राजीनामा स्वीकृत गरिसकेका छन् । प्रधानमन्त्री लेकोर्नूले आइतबार नयाँ मन्त्रिपरिषद् घोषणा गरेका थिए, तर १२ घण्टाभित्रै राजीनामा दिएर सबैलाई आश्चर्यचकित बनाए । लेकोर्नू १३ महिनामा देशका चौथो प्रधानमन्त्री हुन् । उनका पूर्ववर्ती प्रधानमन्त्री फ्रान्स्वा बाएरूले संसदबाट विश्वास मत नपाएपछि सेप्टेम्बरमा राजीनामा दिएका थिए ।

३९ वर्षीय लेकोर्नू राष्ट्रपति म्याक्रोंका नजिकका सहयोगी मानिन्छन् । सन् २०२२ मा म्याक्रों पुन: राष्ट्रपति बनेपछि उनी पाँचौँ प्रधानमन्त्री बनेका थिए र गत वर्ष संसद विघटन भएपछि तेस्रो प्रधानमन्त्री थिए । विपक्षीले मागे म्याक्रोंको राजीनामा लेकोर्नूको राजीनामाले फ्रान्सको राजनीतिक संकट अझ गहिरिएको छ । संसदमा कुनै पनि पार्टीलाई बहुमत नभएकै कारण यस्तो अवस्था उत्पन्न भएको हो । दक्षिणपन्थी नेतृ म्यारिन ल पेन र अन्य विपक्षी नेताहरूले स्थिर सरकार गठन गर्न नयाँ संसदीय चुनावको माग गरेकी छन् । ल पेनले भनिन्, ‘म्याक्रोंले राजीनामा दिनु नै बुद्धिमानी हुनेछ ।’ म्याक्रोंले यसअघि नै राजीनामा नदिने स्पष्ट बताएका छन् । क्याबिनेट गठनमा असन्तुष्ट पार्टीहरू लेकोर्नूको राजीनामाको प्रमुख कारण नयाँ क्याबिनेट गठनप्रति असन्तुष्टि मानिएको छ । म्याक्रोंको सहयोगी पार्टी लेस रिपब्लिकनले भनेको छ, ‘नयाँ क्याबिनेटमा केही पनि परिवर्तन छैन, जबकि लेकोर्नूले आफू ’नयाँ सुरुवात’ गर्न चाहेको बताएका थिए ।’

आइतबार साँझ नयाँ क्याबिनेट घोषणा भएपछि हरेक राजनीतिक दलले त्यसको आलोचना गरे । सबैभन्दा ठूलो विवाद सात वर्षसम्म म्याक्रोंका अर्थमन्त्री रहिसकेका ब्रुनो लेमेयरलाई रक्षामन्त्री बनाएपछि भएको बताइएको छ । नयाँ घटनाक्रमले फ्रान्स थप राजनीतिक अस्थिरतातर्फ धकेलिएको छ । अतिदक्षिणपन्थी पार्टी नेशनल र्‍याली (आरए)की नेतृ म्यारिन ल पेनले राष्ट्रपति म्याक्रोंलाई संसद विघटन गरी नयाँ चुनाव गर्न माग गरेकी छन् । त्यस्तै वामपन्थी पार्टी फ्रान्स अनबोड (एलएफआई) ले भने म्याक्रों स्वयंले राजीनामा दिनुपर्ने बताएको छ ।

 

फ्रान्समा बारम्बार प्रधानमन्त्री किन बदलिँदै छन् ?

फ्रान्समा पटक–पटक प्रधानमन्त्री परिवर्तन हुनुको कारण सन् २०२४ को आम चुनावपछि उत्पन्न भएको संसदको विभाजित संरचना वा शक्ति सन्तुलन हो । संसद तीन खेमामा बाँडिएको थियो– वामपन्थी, अतिदक्षिणपन्थी र म्याक्रोंको केन्द्रीय–दक्षिणपन्थी गठबन्धन । कुनै पक्षसँग पनि स्पष्ट बहुमत नभएकाले नीति वा बजेट पारित गर्न कठिन भएको छ । यसले गर्दा सरकारलाई काम गर्न निकै गाह्रो भएको छ र बारम्बार राजनीतिक गतिरोध उत्पन्न भएको छ । लेकोर्नूको जिम्मेवारी सरकारको खर्च घटाउने र घाटा नियन्त्रण गर्ने बजेट पारित गर्नु थियो, जसमा उनका पूर्व प्रधानमन्त्रीहरू फ्रान्स्वा बाएरू र मिशेल बार्नियर पनि त्यसमा असफल भएका थिए । हरेक गठबन्धनको बजेटबारे फरक राय भएकाले सहमति हुन सकेन । फ्रान्समा सरकारी ऋण र वित्तीय घाटा बढेर युरोपेली संघले तोकेको सीमा नाघिसकेको छ । यो घाटा कम गर्न सरकारले सार्वजनिक खर्चमा कटौती गर्ने र कठोर बजेट योजनाहरू ल्याएको छ, जसको विपक्षी दलहरू र ट्रेड युनियनहरूले कडा विरोध गरिरहेका छन् । सरकारको आर्थिक नीति, विशेषगरी खर्च कटौती र सुधारका कार्यक्रमहरूले आम जनता, मजदुर र वामपन्थी दलहरूलाई आक्रोशित बनाएको छ । यसले गर्दा देशका विभिन्न भागमा ठूला–ठूला सडक प्रदर्शन र हडतालहरू भइरहेका छन् ।

म्याक्रोंका ३ विकल्प

अब म्याक्रोंका अगाडि तीन विकल्प छन्– तर तीनै कठिन छन्।

पहिलो विकल्प : नयाँ प्रधानमन्त्री नियुक्त गर्ने । तर अब यो सहज छैन । आफ्नै खेमाबाट उपयुक्त नेता छान्न गाह्रो छ ।

यदि उनले वामपन्थी नेतालाई छाने भने उनका पेन्सन सुधारजस्ता कार्यक्रम संकटमा पर्न सक्छन् । यदि उनले अतिदक्षिणपन्थी नेतालाई रोजे भने वामपन्थी दल भड्किन सक्छन् ।

केही विश्लेषकले म्याक्रोंले अब कुनै टेक्नोक्र्याट अर्थात् गैरदलीय र व्यावसायिक व्यक्तिलाई प्रधानमन्त्री बनाउनु उपयुक्त हुने सुझाव दिएका छन्, जसले राजनीतिक विवादभन्दा पर रहेर काम गर्न सकोस् ।

दोस्रो विकल्प : संसद विघटन गरेर नयाँ चुनाव घोषणा गर्ने ।

तर सर्वेक्षणहरू नयाँ चुनावपछि पनि यथास्थिति रहन सक्ने, वा अतिदक्षिणपन्थी पार्टी सत्तामा आउन सक्ने सम्भावना देखाएको छ, जुन म्याक्रोंका लागि ठूलो राजनीतिक पराजय हुनेछ ।

तेस्रो विकल्प : म्याक्रों स्वयंले राजीनामा दिने ।

तर उनले सन् २०२७ को राष्ट्रपति चुनावअघि पद नछोड्ने स्पष्ट पार्दै आएका छन् त्यो पनि बारम्बार ।

नयाँ चुनावले फ्रान्सको भविष्य निर्धारण गर्नेछ, किनभने यसपटक म्यारिन ल पेन सत्तामा आउन सक्ने सम्भावना सबैभन्दा बढी देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. मनमोहन सिंहलाई जस्तै अर्थमन्त्री वाग्लेलाई सुनौलो अवसर छ
डा. मनमोहन सिंहलाई जस्तै अर्थमन्त्री वाग्लेलाई सुनौलो अवसर छ
आइतबार विहान ८ बजेसम्म अत्ति भारी बर्षाको संभावना छ : महानिर्देशक जोशी
आइतबार विहान ८ बजेसम्म अत्ति भारी बर्षाको संभावना छ : महानिर्देशक जोशी
एसपी–डीएसपी सरुवामा प्रहरीभित्र असन्तुष्टि, मिचियो मापदण्ड
एसपी–डीएसपी सरुवामा प्रहरीभित्र असन्तुष्टि, मिचियो मापदण्ड
तोलामा २१ सय घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?
तोलामा २१ सय घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?
सीडीओ र एसपीविरुद्ध आन्दोलन गर्दै हेटौंडाका जनप्रतिनिधि
सीडीओ र एसपीविरुद्ध आन्दोलन गर्दै हेटौंडाका जनप्रतिनिधि
कर्णालीमा बेपत्ता व्यक्तिको खोजीकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन
कर्णालीमा बेपत्ता व्यक्तिको खोजीकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन
सरकारी वकिलको कार्यालयमा रविको बयान जारी
सरकारी वकिलको कार्यालयमा रविको बयान जारी
मुन्दम पदमार्गको प्रवर्द्धन गर्न राष्ट्रिय चित्रकला
मुन्दम पदमार्गको प्रवर्द्धन गर्न राष्ट्रिय चित्रकला
बाराको पथलैयामा बसभित्र ६ किलो चाँदीका गहना बरामद
बाराको पथलैयामा बसभित्र ६ किलो चाँदीका गहना बरामद
सुडानमा अस्पतालमाथि हमला, ७० जनाको मृत्यु
सुडानमा अस्पतालमाथि हमला, ७० जनाको मृत्यु