नेपालमा यात्रा गर्दा सतर्क रहन भारतद्वारा आफ्ना नागरिकलाई आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ४, २०८२
|
|
४४ पटक हेरिएको
Shares
नेपालमा यात्रा गर्दा सतर्क रहन भारतद्वारा आफ्ना नागरिकलाई आग्रह

सारांश

  • नेपालस्थित भारतीय दूतावासले शुक्रबार नेपाल भ्रमण गर्ने भारतीय नागरिकका लागि यात्रा परामर्श जारी गरेको छ ।
  • दूतावासले पछिल्लो एक सातामा नेपालको अवस्था निकै सुधार भए पनि यात्रुहरूले सतर्क रहन र दूतावास वा स्थानीय निकायले जारी गर्ने निर्देशनहरू पालना गर्नुपर्ने आग्रह गरेको छ ।
  • दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको अवस्था पछिल्लो हप्तामा निकै सुधार भएको छ ।

४ असोज, काठमाडौं ।

नेपालस्थित भारतीय दूतावासले शुक्रबार नेपाल भ्रमण गर्ने भारतीय नागरिकका लागि यात्रा परामर्श जारी गरेको छ । दूतावासले पछिल्लो एक सातामा नेपालको अवस्था निकै सुधार भए पनि यात्रुहरूले सतर्क रहन र दूतावास वा स्थानीय निकायले जारी गर्ने निर्देशनहरू पालना गर्नुपर्ने आग्रह गरेको छ ।दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको अवस्था पछिल्लो हप्तामा निकै सुधार भएको छ । सडक यातायात र हवाई सेवा नियमित रूपमा सञ्चालन भइरहेका छन् ।

” साथै, यात्रुहरूले सतर्कता अपनाउन र दूतावास वा स्थानीय प्राधिकरणले जारी गर्ने सल्लाहअनुसार चल्नुपर्ने उल्लेख गरिएको छ । दूतावासले नेपाली भूमिमा रहेका भारतीय नागरिकलाई सहयोगका लागि सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बर पनि सार्वजनिक गरेको छ । भारतिय नागरिकहरूले +९७७–९८०८६०२८८१, स्थायी आपतकालीन नम्बर +९७७–९८५१३१६८०७ मा सम्पर्क गर्न सक्ने उल्लेख गरिएको छ । हिंसामा प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र संघीय संसद् सचिवालयभित्र रहेका सवारीसाधनमा ठूलो क्षति पुगेको छ । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन मिति घोषणा गरेसँगै सामान्य जीवनयापन फिर्ता हुन थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न ओलीको निर्देशन
आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न ओलीको निर्देशन
ठेक्का तोडिएका सडक–पुल योजना छिटो अघि बढाउन मन्त्री घिसिङको निर्देशन, नयाँ टेण्डर तत्काल सुरु
ठेक्का तोडिएका सडक–पुल योजना छिटो अघि बढाउन मन्त्री घिसिङको निर्देशन, नयाँ टेण्डर तत्काल सुरु
सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त उपक्रमका लागि तोकियो कडा मापदण्ड
सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त उपक्रमका लागि तोकियो कडा मापदण्ड
दशैंलाई शेयर बजारको स्वागतः नेप्से ५६.०९ अंकले उचालियो, ६ अर्ब बढीको कारोबार
दशैंलाई शेयर बजारको स्वागतः नेप्से ५६.०९ अंकले उचालियो, ६ अर्ब बढीको कारोबार
विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध
विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध
फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ
फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ
प्रचण्ड-माधवसहितको एकता घोषणा सभामा पुगे झलनाथ खनाल
प्रचण्ड-माधवसहितको एकता घोषणा सभामा पुगे झलनाथ खनाल
मुलुकको हितले स्थान पाएको दिन हो : प्रधानमन्त्री ओली
मुलुकको हितले स्थान पाएको दिन हो : प्रधानमन्त्री ओली
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने
खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ : मन्त्री यादव
खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ : मन्त्री यादव