लुम्बिनी प्रदेश सभाको नवौं बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ११, २०८२
|
|
२१ पटक हेरिएको
Shares
लुम्बिनी प्रदेश सभाको नवौं बैठक बस्दै

सारांश

  • लुम्बिनी प्रदेश सभाको नवौं बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ ।
  • प्रदेश सभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२/०८३ को प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् ।
  • यस बैठकलाई आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि नीति तथा प्राथमिकता तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

 

११ जेठ, बुटवल ।

लुम्बिनी प्रदेश सभाको नवौं बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२/०८३ को प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् ।

यस बैठकलाई आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि नीति तथा प्राथमिकता तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलले आगामी विकास योजनाहरू र बजेट वितरणको मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ । सरकारले पेश गरेको नीति तथा कार्यक्रम शनिबार बसेको बैठकले पास गरेको छ । यो सँगै सरकारलाई बजेट निर्माणको बाटो सहज भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ