Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २२, २०८२
|
|
५० पटक हेरिएको
Shares
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस

सारांश

  • ३ बाट उम्मेदवारको नाम सिफारिस गरेको छ।
  • जिल्ला समिति सर्लाहीको पुस २० गते बसेको बैठकले सर्लाहीका चारवटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो।
  • बैठकको निर्णयअनुसार निर्वाचन क्षेत्र नं.

 

सर्लाही, पुस २१
जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला समिति सर्लाहीले आगामी निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारको नाम सिफारिस गरेको छ।

जिल्ला समिति सर्लाहीको पुस २० गते बसेको बैठकले सर्लाहीका चारवटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो। बैठकको निर्णयअनुसार निर्वाचन क्षेत्र नं. ३ बाट प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष मनोज कुमार यादव रायलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।


पार्टी स्थापना कालदेखि नै प्रचार–प्रसार, संगठन निर्माणलगायत विभिन्न जिम्मेवारी सम्हाल्दै आएका यादव हाल प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्षका रूपमा सक्रिय रहेका छन्। क्षेत्र नं. ३ बाट उनीसँगै रामपृत पासवान, डा. जय प्रकाश यादव (जे.पी. यादव) र विनोद यादवको नाम पनि सिफारिस गरिएको छ। यसैगरी, जिल्ला समितिले सर्लाही निर्वाचन क्षेत्र नं. १ बाट संजय कुमार पासवान, राम विश्वास राय र सुधिर कुमार यादव, क्षेत्र नं. २ बाट भरत चौधरी तथा क्षेत्र नं. ४ बाट रामपृत पासवान र उदयकान्त मिश्रलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरेको जनाएको छ।

जिल्ला समिति सर्लाहीका अध्यक्ष रणधिर कुमार यादवद्वारा हस्ताक्षरित पत्रमार्फत यी सिफारिसहरू पार्टीको केन्द्रमा पठाइएको जिल्ला समितिले जानकारी दिएको छ। जसपा नेपालले “संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद”लाई मूल नाराका रूपमा लिँदै आगामी निर्वाचनलाई लक्षित गरी संगठनात्मक तयारी तीव्र बनाउँदै लगेकाे पनि समितिले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहटमा भारी मात्रामा पटाका पक्राउ
रौतहटमा भारी मात्रामा पटाका पक्राउ
प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट
सञ्चारमाध्यमलाई निसाना बनाउनेलाई कारबाही गर्छौं : गृहमन्त्री लेखक
सञ्चारमाध्यमलाई निसाना बनाउनेलाई कारबाही गर्छौं : गृहमन्त्री लेखक
प्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै, रास्वपा सहभागी नहुने
प्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै, रास्वपा सहभागी नहुने
भारतको बिहारमा डुंगा पल्टिँदा १४ जनाको मृ*त्यु, अधिकांश बालबालिका
भारतको बिहारमा डुंगा पल्टिँदा १४ जनाको मृ*त्यु, अधिकांश बालबालिका
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै
राज्य व्यवस्थामा सहकारीको प्रसंग उठेपछि एमाले सांसदको आपत्ति
राज्य व्यवस्थामा सहकारीको प्रसंग उठेपछि एमाले सांसदको आपत्ति
आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
जितिया पर्व: आज ‘ओगटन’को तयारी, भोलि निराहार व्रत
जितिया पर्व: आज ‘ओगटन’को तयारी, भोलि निराहार व्रत
सशस्त्रका सई ‘हत्या’ प्रकरण : स्कर्पियो चालकको पहिचान
सशस्त्रका सई ‘हत्या’ प्रकरण : स्कर्पियो चालकको पहिचान