दशैंलाई शेयर बजारको स्वागतः नेप्से ५६.०९ अंकले उचालियो, ६ अर्ब बढीको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २०, २०८१
|
|
३५ पटक हेरिएको
Shares
दशैंलाई शेयर बजारको स्वागतः नेप्से ५६.०९ अंकले उचालियो, ६ अर्ब बढीको कारोबार

सारांश

  • शेयर बजारले दशैं पर्वलाई उत्सासपूर्ण ढंगले स्वागत गरेको छ ।
  •   गत बिहीबार घटस्थापनासँगै दशैं पर्व शुरु भएको हो ।
  • घटस्थापना पछि खुलेको पहिलो दिनको शेयर बजार उच्च अंकले बढेको हो ।

२० असोज, काठमाडौं । शेयर बजारले दशैं पर्वलाई उत्सासपूर्ण ढंगले स्वागत गरेको छ ।  गत बिहीबार घटस्थापनासँगै दशैं पर्व शुरु भएको हो । घटस्थापना पछि खुलेको पहिलो दिनको शेयर बजार उच्च अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५६.०९ अंकले उचालिएको छ । २.१५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६५३.५८ अंकमा उक्लिएको छ । आज सबै समूहमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा बढी ६.३० प्रतिशतले बढेको हो । ३०८ कम्पनीका १ करोड ५० लाख ४६ हजार ७ सय १० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार ७ सय ५.७० रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार बढेको दिन ङादी हाइड्रो, मध्ये भोटेकोशी, इस्टर्न हाइड्रो, गुडवील फाइनान्स र सिनर्जी पावरका लगानीकर्ताहरुले क्रमशः १०, ९.७६, ९.६८, ९.२७ र ८.१४ प्रतिशतले नाफा कमाए ।  त्यस्तै वीन नेपाल लघुवित्त र कुमारी सवल योजनाका लगानीकर्ताहरुले क्रमशः १० र ९.४३ प्रतिशतले घाटा व्यहोरे । आज शाहस उर्जाको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६३ करोड ८३ लाख ५८ हजार १ सय ८७ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्द्रागिरिमा वृद्धा ह*त्या प्रकरण : कारण बन्यो जग्गा विवाद, छोरापछि आमा पनि पक्राउ
चन्द्रागिरिमा वृद्धा ह*त्या प्रकरण : कारण बन्यो जग्गा विवाद, छोरापछि आमा पनि पक्राउ
विशेष महाधिवेशन गर्दा नयाँ पुस्ता प्रतिनिधि बन्न पाउँदैनन् : मोहन बस्नेत
विशेष महाधिवेशन गर्दा नयाँ पुस्ता प्रतिनिधि बन्न पाउँदैनन् : मोहन बस्नेत
स्पेन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता
स्पेन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता
दुर्गा प्रसाईँलाई उपचारको व्यवस्था गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँलाई उपचारको व्यवस्था गर्न सर्वोच्चको आदेश
पुस मसान्तभित्र बुझाउँदा १० प्रतिशत कर छुट, बक्यौतामा लाग्ने सबै जरिवाना छुट
पुस मसान्तभित्र बुझाउँदा १० प्रतिशत कर छुट, बक्यौतामा लाग्ने सबै जरिवाना छुट
विजयी भएका मनिष झाको नयाँ शैली : पराजितसँग भेट्ने र परामर्श लिने
विजयी भएका मनिष झाको नयाँ शैली : पराजितसँग भेट्ने र परामर्श लिने
राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
असार १४ गते नागरिकता विधेयक पास हुन्छ : गृहमन्त्री
असार १४ गते नागरिकता विधेयक पास हुन्छ : गृहमन्त्री
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध