घनश्याम भुसालको कटाक्ष- देशको दुर्भाग्य, ओली अझै पनि ‘केपी बा आई लभ यू’ भन्ने मान्छे खोज्दैछन्

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ९, २०८२
|
|
३३ पटक हेरिएको
Shares
घनश्याम भुसालको कटाक्ष- देशको दुर्भाग्य, ओली अझै पनि ‘केपी बा आई लभ यू’ भन्ने मान्छे खोज्दैछन्

सारांश

  • पार्टी स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश विषम परिस्थितिमा पुग्दा पनि पर्वाह नगरी प्रधानमन्त्री ओलीले उल्टै आफ्नो पक्षमा बोलिदिउन् भनेर युवाहरूलाई सडकमा उतार्न लागेको बताएका छन् ।
  • उनले अहिले एमाले पनि प्रधानमन्त्री ओलीजस्तै बनिसकेको बताए ।
  • देशको पर्वाह नगर्ने, जनताको कुरा नसुन्ने अवस्थामा प्रधानमन्त्री ओली र एमाले रहेको उनले बताए ।

९ वैशाख, काठमाडौं- 

नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव घनश्याम भुसालले देश डुबाएर भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नाम चाहिएको बताएका छन् । पार्टी स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश विषम परिस्थितिमा पुग्दा पनि पर्वाह नगरी प्रधानमन्त्री ओलीले उल्टै आफ्नो पक्षमा बोलिदिउन् भनेर युवाहरूलाई सडकमा उतार्न लागेको बताएका छन् । उनले अहिले एमाले पनि प्रधानमन्त्री ओलीजस्तै बनिसकेको बताए ।

देशको पर्वाह नगर्ने, जनताको कुरा नसुन्ने अवस्थामा प्रधानमन्त्री ओली र एमाले रहेको उनले बताए । ‘लोकतन्त्रमा पार लगाउने पार्टीले नै हो । अनि पार्टी कस्तो छ भन्दा एमाले छ । एमाले कस्तो छ भन्दा कमरेड ओलीजस्तो छ । अरुको कुरा सुन्दैन, जनताको पर्वाह गर्दैन’, उनले भने, ‘सारा संकटले देश डुब्दैछ, ओलीलाई नाम चाहिएको छ । एक लाख मान्छे जम्मा भएर केपी बा भन्दिउन् भन्ने छ । त्यो तहमा पुग्ने नेता यो देशका लागि दुर्भाग्य होइन ?’ एमालेले अगामी वैशाख ११ गते ४० वर्षमुनिका एक लाख युवालाई काठमाडौंमा उतारेर युवा उत्सव मनाउने घोषणा गरेको छ । प्रधानमन्त्री ओलीविरुद्ध अहिले देशभर नै अविश्वास रहेकाले जहाँ गए पनि ‘फलानो चोर, देश छोड’ नारा लाग्ने गरेपछि काउन्टर दिन आफ्ना कार्यकर्ता उतार्ने मुडमा ओली रहेको उनले बताए ।

यसरी काठमाडौंमा आउने एक लाख युवाले ‘अब आई लभ यू केपी बा’ नभनेर क्रान्तिको हिसाब माग्ने बेला आएको उनले बताए । ‘संकट हुनसक्छ । तर, विश्वासले बचाउँछ । विश्वास छ ? छैन । यहाँमात्रै होइन, यिनी जहाँ जान्छन्, विरुद्धमा नारा लाग्न थाल्छ, फलानो चोर, देश छोड भनेर । विश्वास त्यहाँसम्म छ’, उनले भने, ‘त्यसलाई जवाफ दिन पर्सि ११ गते ठूलो जनसागरलाई ‘आई लभ यू केपी बा’ भन्न लगाउने होला । दुर्भाग्य ! देशको हालत यस्तो भएको छ ।’ उक्त उत्सवमा आउनेले ‘आई लभ यू केपी बा’ होइन, कमरेड क्रान्तिको हिसाब देऊ, पार्टीको विघटन र संसद्को विघटनको हिसाब देऊ । लोकतन्त्रमाथि यो तहको आक्रमणको हिसाब देऊ भन्नुपर्ने हो । देशलाई निकास दिन जानुपर्ने त्यता हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘एक हप्ताको लागि भएपनि संसद व्यूताएर संविधानमा संसोधन गरेर निर्वाचनमा जानुपर्छ’
‘एक हप्ताको लागि भएपनि संसद व्यूताएर संविधानमा संसोधन गरेर निर्वाचनमा जानुपर्छ’
सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड
सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड
मधेसी समुदायप्रति भेदभाव कायमै छ : अध्यक्ष यादव
मधेसी समुदायप्रति भेदभाव कायमै छ : अध्यक्ष यादव
एमाले विधान महाधिवेशन अपडेट: ९ समूह बनाएर थालियो प्रतिवेदनमा छलफल
एमाले विधान महाधिवेशन अपडेट: ९ समूह बनाएर थालियो प्रतिवेदनमा छलफल
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै
बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै
जुम्लामा डढेलो निभाउन गएका ८१ वर्षीय वृद्धको आगोमा जलेर मृत्यु
जुम्लामा डढेलो निभाउन गएका ८१ वर्षीय वृद्धको आगोमा जलेर मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सोसल मिडियामाथिको प्रतिबन्ध हटाउने तयारी
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सोसल मिडियामाथिको प्रतिबन्ध हटाउने तयारी
सरकारले व्यापार उद्योग गर्ने होइन : सभापति देउवा
सरकारले व्यापार उद्योग गर्ने होइन : सभापति देउवा
भारतीय गाडीमा झण्डै २ करोड नक्कली नोट
भारतीय गाडीमा झण्डै २ करोड नक्कली नोट