जसपा नेपालले परिसङ्घ गठन गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
३३ पटक हेरिएको
Shares
जसपा नेपालले परिसङ्घ गठन गर्ने

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) नेपालले परिसङ्घ गठन गर्ने भएको छ ।
  • नेपालको संविधान, कानून र अन्तर्राष्ट्रिय महासन्धिसमेतले निषेध गरेको लैङ्गिक तथा जातिय÷राष्ट्रिय उत्पीडन तथा असमानता र विभेदलाई अन्त्य गर्न, उत्पीडित समुदायहरुको राष्ट्रिय पहिचानको मान्यता, जनसङ्ख्याको आधारमा प्रतिनिधित्व र अधिकारका साथै समानता, स्वतन्त्रता र सामाजिक न्यायको प्राप्तिका लागि सङ्घर्ष गर्न परिसङ्घ गठन गर्न लागिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
  • खासगरी दलित, आदिवासी जनजाती, पिछडावर्ग, थारु, अल्पसङ्ख्यक समुदायहरुसँग सम्बन्धित सङ्घ÷सङ्गठन, संस्था र व्यक्तित्वहरु सम्मिलित महासङ्घ वा परिसङ्घ गठन गरी सोको नीति, कार्यक्रम र कार्ययोजना निर्माण गरी कार्यान्वयन गरिने प्रमुख बस्नेतले बताए ।

१५ चैत, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले परिसङ्घ गठन गर्ने भएको छ । नेपालको संविधान, कानून र अन्तर्राष्ट्रिय महासन्धिसमेतले निषेध गरेको लैङ्गिक तथा जातिय÷राष्ट्रिय उत्पीडन तथा असमानता र विभेदलाई अन्त्य गर्न, उत्पीडित समुदायहरुको राष्ट्रिय पहिचानको मान्यता, जनसङ्ख्याको आधारमा प्रतिनिधित्व र अधिकारका साथै समानता, स्वतन्त्रता र सामाजिक न्यायको प्राप्तिका लागि सङ्घर्ष गर्न परिसङ्घ गठन गर्न लागिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । खासगरी दलित, आदिवासी जनजाती, पिछडावर्ग, थारु, अल्पसङ्ख्यक समुदायहरुसँग सम्बन्धित सङ्घ÷सङ्गठन, संस्था र व्यक्तित्वहरु सम्मिलित महासङ्घ वा परिसङ्घ गठन गरी सोको नीति, कार्यक्रम र कार्ययोजना निर्माण गरी कार्यान्वयन गरिने प्रमुख बस्नेतले बताए ।

१९९७ सालदेखि हालसम्म जहाँनीया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था र राजतन्त्रात्मक प्रणालीको अन्त्य भई मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली स्थापित भइसक्दा पनि सामन्तवादी उत्पीडन, वर्णवादी तथा नश्लवादी जातीय सोच, चिन्तन र अभ्यासका कारणले शोषित, उत्पीडित वर्ग र जाति÷समुदायहरुमाथि अन्याय, अत्याचार, शोषण, दमनका साथै विभेद, उत्पीडन र असमानतामा खासै परिवर्तन आउन नसकेको पार्टीको ठहर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक आन्दोलित
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक आन्दोलित
गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू
गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू
सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध हुँदा काम प्रभावित   
सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध हुँदा काम प्रभावित   
एमाले कार्यालयमा शिक्षकहरुको धर्ना, विधेयक सच्याउन माग
एमाले कार्यालयमा शिक्षकहरुको धर्ना, विधेयक सच्याउन माग
मिटरब्याज सम्बन्धी गुनासो र उजुरी दर्ता गर्न सबै जिल्ला प्रशासनलाई गृहको परिपत्र
मिटरब्याज सम्बन्धी गुनासो र उजुरी दर्ता गर्न सबै जिल्ला प्रशासनलाई गृहको परिपत्र
स्वास्थ्य सहायतालाई एकीकृत गरेर व्यवस्थापन गर्छौँ : स्वास्थ्यमन्त्री
स्वास्थ्य सहायतालाई एकीकृत गरेर व्यवस्थापन गर्छौँ : स्वास्थ्यमन्त्री
१२ दिनमा १३ लाख किशोरीले लगाए एचपीभी खोप
१२ दिनमा १३ लाख किशोरीले लगाए एचपीभी खोप
क्रिकेट सङ्घको अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने
क्रिकेट सङ्घको अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने
जसपाको सर्लाही जिल्ला कार्यसमिति गठन
जसपाको सर्लाही जिल्ला कार्यसमिति गठन
नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेल्ने
नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेल्ने