चितवनमा ६ महिनामा वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन २१, २०८१
|
|
३६ पटक हेरिएको
Shares
चितवनमा ६ महिनामा वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु

सारांश

  • वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ ।
  • गत साउन यता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा, हात्ती र बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो ।
  • निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गैँडाको आक्रमणबाट आठ जना, हात्ती र बाघको आक्रमणबाट एक/एक जनाको मृत्यु भएको हो ।

२१ फागुन, चितवन । वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ । गत साउन यता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा, हात्ती र बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गैँडाको आक्रमणबाट आठ जना, हात्ती र बाघको आक्रमणबाट एक/एक जनाको मृत्यु भएको हो । यस आर्थिक वर्षमा जङ्गली जनावारका कारण १४ जना घाइते भएका छन् । गैँडाको आक्रमणबाट १२ जना, हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् । निकुञ्जले मृतकका परिवारलाई १० लाख र घाइतेको उपचारका लागि दुई लाखसम्म सरकारी अस्पतालको उपचार खर्च व्यहोर्ने गरेको छ ।

हालसम्म ९४ लाख ६१ हजार ९३१ राहतस्वरुप प्रदान गरिएको उनले बताए । राहतस्वरुप प्रदान गरिएको रकम अन्नबाली र घरटहरामा समेत उपयोग भएको छ ।मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण हुन नसक्दा बर्सेनि जङ्गली जनावारको आक्रमणका कारण अकालमा मृत्यु वरण गर्नुपरेको उनले बताए । उनले भने, ‘निकुञ्जभित्र वन्यजन्तुको बासस्थानलाई व्यवस्थित र प्रभावकारी बनाउन सकेमा मात्र मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूकीकरण गर्न सकिन्छ ।’

अहिले निकुञ्जले यस क्षेत्रमा घाँसेमैदान व्यवस्थापन, पानी (ताल, तलैया एवं पोखरी) व्यवस्थापन लगायत क्षेत्रमा काम गरिरहेको उनले बताए । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गर्दा पनि यस्ता घटना हुने गरेका छन् । घाँस दाउरा काट्न, माछा मार्न, निगुरो टिप्न ती क्षेत्र प्रवेश गर्दा जनावारले आक्रमण गर्ने गरेको पाइएको छ । निकुञ्जले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मेस जाली भर्ने, तारबार लगाउने, विद्युतीय तारबार गर्ने, पक्की पर्खाल लगाउने र वन्यजन्तु बस्ती पस्दा उद्धार र व्यवस्थापनलगायत काम गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै
एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै
सरकार तोकिएकै मितिमा चुनाव गर्न चट्टानझैँ दृढ छ: प्रधानमन्त्री कार्की
सरकार तोकिएकै मितिमा चुनाव गर्न चट्टानझैँ दृढ छ: प्रधानमन्त्री कार्की
जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजस्व संकलन
जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजस्व संकलन
ऊर्जा, बैंकिङ र व्यापार क्षेत्रको सुधारले अर्थतन्त्रमा ३.५१ प्रतिशतको वृद्धि
ऊर्जा, बैंकिङ र व्यापार क्षेत्रको सुधारले अर्थतन्त्रमा ३.५१ प्रतिशतको वृद्धि
सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
लगातार बढ्दै अमेरिकी डलर र युरोको भाउ
लगातार बढ्दै अमेरिकी डलर र युरोको भाउ
शान्तिबाटिकामा आज राप्रपाले ‘जनप्रदर्शन’ गर्दै
शान्तिबाटिकामा आज राप्रपाले ‘जनप्रदर्शन’ गर्दै
पञ्चायातकालमा चोरेर विदेश पुर्याइएका मूर्ति नेपाल फिर्ता
पञ्चायातकालमा चोरेर विदेश पुर्याइएका मूर्ति नेपाल फिर्ता
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर
फेरि माइतीघरको पोलमा चढिन् महिला, प्रहरीद्वारा उद्धार
फेरि माइतीघरको पोलमा चढिन् महिला, प्रहरीद्वारा उद्धार