राष्ट्रपति पौडेल उद्योगीहरूको भेलालाई सम्बोधन गर्न विराटनगर आउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष ७, २०८०
|
|
४६ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेल उद्योगीहरूको भेलालाई सम्बोधन गर्न विराटनगर आउँदै

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर आउने भएका छन् ।
  • नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गर्ने प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्न उनी विराटनगर आउन लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
  • पौडेल बिहान ११ बजे विराटनगर आई पुग्ने कार्यक्रम तय भएको छ ।

७ पुस, विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर आउने भएका छन् ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गर्ने प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्न उनी विराटनगर आउन लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । पौडेल बिहान ११ बजे विराटनगर आई पुग्ने कार्यक्रम तय भएको छ । उनले विराटनगरस्थित एक होटेलमा केही समय त्यहाँका राजनीतिक तथा औद्योगिक क्षेत्रका व्यक्तिसँग भेटघाट समेत गर्नेछन् ।  राष्ट्रपति पौडेल परिसंघको कार्यक्रममा सहभागी बनेर आजै दिउँसो काठमाडौँ फर्कने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ