प्रधानमन्त्री कार्यालय र सञ्चार मन्त्रालयका सचिवले दिए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २७, २०८३
|
|
६९ पटक हेरिएको
Shares
प्रधानमन्त्री कार्यालय र सञ्चार मन्त्रालयका सचिवले दिए राजीनामा

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा दुई तिहाइको सरकार बनेपछि निजामती कर्मचारीमा राजीनामाको लहर चलेको छ।
  • सरकारले लिन खोजेको  नीति र दृष्टिकोणबाट आजित भएर सचिवदेखि खरिदार तहसम्मका निजामती कर्माचारीले राजीनामा दिइरहेका छन्।
  • मंगलबार मात्र सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा.

२७ साउन, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा दुई तिहाइको सरकार बनेपछि निजामती कर्मचारीमा राजीनामाको लहर चलेको छ। सरकारले लिन खोजेको  नीति र दृष्टिकोणबाट आजित भएर सचिवदेखि खरिदार तहसम्मका निजामती कर्माचारीले राजीनामा दिइरहेका छन्। मंगलबार मात्र सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोख्रेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारीले राजीनामा पेस गरेका हुन्। उनीहरूको राजीनामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।

साउन १३ मा सञ्चार मन्त्रालय सरुवा भएका पोखरेलले दुई सातामै राजीनामा दिएका हुन्। सचिव पोखरेलको सेवा अवधि एक वर्ष बढी बाँकी थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारीबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएकोमा असन्तुष्ट रहेका पोखरेलले अन्तत राजीनामा दिएका छन्। अधिकारी भदौ ४ मा अनिवार्य अवकाशमा जाँदै थिए। यसअघि राजीनामा दिनेमा सहसचिवसम्म मात्र दिए। सरकारले ५५ वर्ष उमेर पूरा भएका र ३० वर्षे सेवा अवधि पूरा भएका कर्मचारीहरूलाई अनिवार्य अवकाशमा पठाउने योजनासहित संघीय निजामती सेवा विधेयकको मस्यौदा अगाडि बढाएपछि कर्मचारीले धामाधम राजीनामा बुझाउन थालेका छन्। करिब एक दर्जन सहसचिव, तीन दर्जन उपसचिव र ठूलो संख्यामा अधिकृत र त्यसभन्दा तल्लो तहका कर्मचारीले राजीनामा दिएका राष्ट्रिय किताबखानाको रेकर्डमा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीले ओली र लेखकविरुद्धको जाहेरी बुझेर जाँचबुझ आयोगमा पठायो
प्रहरीले ओली र लेखकविरुद्धको जाहेरी बुझेर जाँचबुझ आयोगमा पठायो
मतदाता नामावलीमा हालसम्म २ लाख ८१ हजारभन्दा बढीले गराए दर्ता
मतदाता नामावलीमा हालसम्म २ लाख ८१ हजारभन्दा बढीले गराए दर्ता
अशान्त बंगलादेश : प्रधानमन्त्री र गृहमन्त्री निवासमा लुटपाट, कैयौं स्थानमा आगजनी
अशान्त बंगलादेश : प्रधानमन्त्री र गृहमन्त्री निवासमा लुटपाट, कैयौं स्थानमा आगजनी
मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न ५ दलका नेता प्रदेश प्रमुख कार्यालयमा
मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न ५ दलका नेता प्रदेश प्रमुख कार्यालयमा
किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै मालारानी
किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै मालारानी
भूकम्प प्रभावित क्षेत्रमा प्रयोग भएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने
भूकम्प प्रभावित क्षेत्रमा प्रयोग भएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने
दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा
दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा
सीमामा गरिब जनतालाई दु:ख नदिन सशस्त्र प्रहरीलाई मधेशी आयोगको आग्रह
सीमामा गरिब जनतालाई दु:ख नदिन सशस्त्र प्रहरीलाई मधेशी आयोगको आग्रह
धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु,  ११ जना घाइते
धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ जना घाइते
माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ