दिउँसै टर्च बालेर सुदूरपश्चिमका सांसदले खोजे सरकार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १४, २०८१
|
|
३२ पटक हेरिएको
Shares
दिउँसै टर्च बालेर सुदूरपश्चिमका सांसदले खोजे सरकार

सारांश

  • सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनमा सरकारको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरूले सोमबार दिउँसै मोबाइलको टर्च बालेर सरकारको खोजी गरेका छन् ।
  • सोमबार २ बजे बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरूको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरूले टर्च बालेर सरकारको खोजी गरेका हुन् ।
  • टर्च बालेर सरकार खोजिरहेको बताउँदै एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले भने, ‘अहिले वर्षातका कारण बाढी तथा पहिरोबाट आम जनताहरू समस्यामा परिरहेका छन् ।

१४ साउन,धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनमा सरकारको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरूले सोमबार दिउँसै मोबाइलको टर्च बालेर सरकारको खोजी गरेका छन् ।

सोमबार २ बजे बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरूको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरूले टर्च बालेर सरकारको खोजी गरेका हुन् । टर्च बालेर सरकार खोजिरहेको बताउँदै एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले भने, ‘अहिले वर्षातका कारण बाढी तथा पहिरोबाट आम जनताहरू समस्यामा परिरहेका छन् । सदनलाई ‘फेस’ गर्न नसक्ने, सदनमा उपस्थित हुन नसक्ने यो सरकार गैरजिम्मेवार बनेकोले दिउँसै टर्च बालेर खोजी गर्नुपर्ने अवस्था आएको छ ।

नेपाली कांग्रेसका सचेतक विक्रमसिंह धामीले सरकार अल्पमतमा रहेको अवस्थामा राजीनामा दिनुपर्ने बताए ।  प्रदेश सभाको बैठकमा कम्तीमा पनि एक जना सरकारको मन्त्रीको सहभागिता हुनुपर्छ । तर मुख्यमन्त्री दीर्घ बहादुर सोडारी विशेष अधिवेशनमा सहभागी नहुने रणनीति तय गरेका छन् । प्रदेश सभाको विशेष अधिवेशनको सोमबार तेस्रो बैठक स्थगित भएको छ । सरकारका तर्फबाट कोही नआएपछि बैठक स्थगित भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्साका तत्कालीन मालपोत अधिकृतसहित चार जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
पर्साका तत्कालीन मालपोत अधिकृतसहित चार जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
विश्व बैंकको ६० करोड अनुदानमा एकाधिकार, दुई संस्था बाहिरिए
विश्व बैंकको ६० करोड अनुदानमा एकाधिकार, दुई संस्था बाहिरिए
चैत १५ गते राजधानीमा जनप्रदर्शन गर्ने राजावादीको घोषणा
चैत १५ गते राजधानीमा जनप्रदर्शन गर्ने राजावादीको घोषणा
अबको अध्यक्ष केपी ओली नै हो : उपमहासचिव रिमाल
अबको अध्यक्ष केपी ओली नै हो : उपमहासचिव रिमाल
संसद् पुनर्स्थापनाको माग लिएर कांग्रेस पनि सर्वोच्चमा
संसद् पुनर्स्थापनाको माग लिएर कांग्रेस पनि सर्वोच्चमा
किराँत समुदायको उधौंली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति
किराँत समुदायको उधौंली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति
शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदहरूको माग
शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदहरूको माग
आज देशका यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
आज देशका यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
मुख्यमन्त्रीको निर्देशन अवज्ञा गर्ने डा.उमेश साह पक्राउ
मुख्यमन्त्रीको निर्देशन अवज्ञा गर्ने डा.उमेश साह पक्राउ
सुख्खा पहिरोले निर्माणाधीन अरनिको राजमार्ग अवरोध
सुख्खा पहिरोले निर्माणाधीन अरनिको राजमार्ग अवरोध