बारामा प्रधानाध्यापकको हत्या आरोपमा एक महिला पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक १३, २०८०
|
|
६३ पटक हेरिएको
Shares
बारामा प्रधानाध्यापकको हत्या आरोपमा एक महिला पक्राउ

सारांश

  • कार्तिक १३।
  • अमरेश कुमार पाण्डेय बारा ।
  • कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक गुड्डु भनिने रुपेश स्वर्णकारको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

बारामा प्रधानाध्यापकको हत्या आरोपमा एक महिला पक्राउ।

कार्तिक १३। अमरेश कुमार पाण्डेय

बारा । कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक गुड्डु भनिने रुपेश स्वर्णकारको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले शंकाको आधारमा कलैयाकै एक महिलालाई पक्राउ गरी अहिले अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेकी ती महिला घट्नाको मुख्य योजनाकार रहेको र बाँकी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://press4k.com/

सोमबार दिउँसो एक खाजा पसलबाट खाजा लिएर स्कुल फर्किरहेका स्वर्णकारलाई दुई वटा मोटरसाइकलमा आएका चार जना अज्ञात व्यक्तिले कलैया मदर्सा टोलस्थित ग्रीन भ्याली बोर्डिङ्ग स्कुल अगाडि छाती र घाटीमा चार राउण्ड गोली हानेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

https://press4k.com/

गोली लागेर घाइते भएका उनलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि वीरगञ्जस्थित वयोधा अस्पतालमा लगिएकोमा स्वर्णकारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट ठूलो संख्यामा प्रहरी परिचालन भएको र गोली प्रहार गर्ने व्यक्तिको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरमा आज रथयात्रा, तीन जिल्लामा सार्वजनिक विदा
विराटनगरमा आज रथयात्रा, तीन जिल्लामा सार्वजनिक विदा
राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित
राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित
मौद्रिक नीतिको समीक्षालगत्तै नेप्सेमा हरियाली- ४९.१५ अंकले बढ्दा ११ अर्ब ३९ करोडको कारोबार
मौद्रिक नीतिको समीक्षालगत्तै नेप्सेमा हरियाली- ४९.१५ अंकले बढ्दा ११ अर्ब ३९ करोडको कारोबार
जनमत र नागरिक उन्मुक्तिले गरे संसदमा अवरोध
जनमत र नागरिक उन्मुक्तिले गरे संसदमा अवरोध
प्रधानमन्त्रीले बोलाए सत्तापक्षीय दलको बैठक
प्रधानमन्त्रीले बोलाए सत्तापक्षीय दलको बैठक
सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव सम्पन्न, श्रद्धालुहरु घर फर्किए
सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव सम्पन्न, श्रद्धालुहरु घर फर्किए
कास्कीमा निषेधाज्ञा तोडेर रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
कास्कीमा निषेधाज्ञा तोडेर रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
सुनको भाउ घट्यो, चाँदीको बढ्यो
सुनको भाउ घट्यो, चाँदीको बढ्यो
२१ लाख नगदसहित हुन्डी कारोबार आरोपमा एक महिला पक्राउ
२१ लाख नगदसहित हुन्डी कारोबार आरोपमा एक महिला पक्राउ