काठमाडौं महानगरपालिकामा प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २२, २०८०
|
|
५० पटक हेरिएको
Shares
काठमाडौं महानगरपालिकामा प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध

सारांश

  • काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध गरेको छ ।
  • भाटभटेनी सुपरमार्केट लगायतका विभिन्न सपिङ मलमा राखिएका क्रिसमस ट्रि महानगर प्रहरी बलले हटाएको छ ।
  • तिहारमा प्लास्टिकका फूलमाला बिक्रीवितरण गर्न रोक लगाएको काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि पनि प्रयोग गर्न रोक लगाएको छ ।

२२ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध गरेको छ ।

भाटभटेनी सुपरमार्केट लगायतका विभिन्न सपिङ मलमा राखिएका क्रिसमस ट्रि महानगर प्रहरी बलले हटाएको छ । तिहारमा प्लास्टिकका फूलमाला बिक्रीवितरण गर्न रोक लगाएको काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि पनि प्रयोग गर्न रोक लगाएको छ । हरेक वर्ष २५ डिसेम्बरमा मनाइने क्रिसमस डे नेपाली पात्रो अनुसार यस वर्ष पुस ९ गते परेको छ । क्रिसमस डेको अवसरमा क्रिसमस ट्रिलाई झिलिमिली बत्तीले सजाएर राख्ने चलन छ । प्लास्टिकका क्रिसमस ट्रि, प्लास्टिकका फूल, माला र सजावटका अन्य सामग्री किनबेच नगर्न पनि काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ । प्लास्टिकका झोला तथा सामग्री नकुहिने र तिनले वातावरण प्रदूषण हुने भन्दै यसको प्रयोगमा काठमाडौं महानगरपालिकाले कडाइ गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री
निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री
भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडि पल्टियो, दुई जना घाइते
भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडि पल्टियो, दुई जना घाइते
सुरु भयो समाजवादी मोर्चाको प्रदर्शन
सुरु भयो समाजवादी मोर्चाको प्रदर्शन
पार्वत गुरुङ दोलखाबाट चुनाव लड्ने
पार्वत गुरुङ दोलखाबाट चुनाव लड्ने
कांग्रेससँग सहमति गर्न प्रधानमन्त्री प्रचण्डलाई सभामुख घिमिरेको आग्रह
कांग्रेससँग सहमति गर्न प्रधानमन्त्री प्रचण्डलाई सभामुख घिमिरेको आग्रह
मधेशका अधिकांश पुल निर्माण अलपत्र, पदमा रहे वा नरहे पनि खबरदारी गर्छु : मन्त्री घिसिङ
मधेशका अधिकांश पुल निर्माण अलपत्र, पदमा रहे वा नरहे पनि खबरदारी गर्छु : मन्त्री घिसिङ
पर्सामा प्रधानमन्त्री अ‍ोलीलाई पहिर्‍याईयो १८० किलोको माला
पर्सामा प्रधानमन्त्री अ‍ोलीलाई पहिर्‍याईयो १८० किलोको माला
सरकारलाई ओलीको प्रश्न: दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन्?
सरकारलाई ओलीको प्रश्न: दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन्?
काठमाडौं महानगपालिकाले मागे शिक्षा शाखा प्रमुखसँग स्पष्टीकरण
काठमाडौं महानगपालिकाले मागे शिक्षा शाखा प्रमुखसँग स्पष्टीकरण
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय