Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अस्पतालबाटै फरार कैदी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण २४, २०८१
|
|
३९ पटक हेरिएको
Shares
अस्पतालबाटै फरार कैदी पक्राउ

सारांश

  • विराटनगरको कोशी अस्पतालबाट गत साउन १७ गते भागेका कैदी पक्राउ परेका छन् ।
  • विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमदलाई प्रहरीले हिजो पक्राउ गरेको हो ।
  • नेपाल–भारत सीमानजिक मोरङको जहदा गाउँपालिका–१ तारेगामबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।

२४ साउन, विराटनगर । विराटनगरको कोशी अस्पतालबाट गत साउन १७ गते भागेका कैदी पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमदलाई प्रहरीले हिजो पक्राउ गरेको हो । नेपाल–भारत सीमानजिक मोरङको जहदा गाउँपालिका–१ तारेगामबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका अहमद साउन १७ गते बिहान अस्पतालबाट फरार भएका थिए । उनलाई उपचारका लागि साउन १५ गते कोशी अस्पताल भर्ना गरिएको थियो । उपचाररत अस्पतालबाटै भागेपछि प्रहरीले खोजी तीव्र पारेको थियो । अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर करिब डेढ वर्षदेखि मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका कैदी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीविरूद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुई जना प्रहरीको नियन्त्रणमा
प्रधानमन्त्री ओलीविरूद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुई जना प्रहरीको नियन्त्रणमा
तास खेलिरहेका १४ जना पक्राउ
तास खेलिरहेका १४ जना पक्राउ
सरकारले छानबिन समिति बनायो, सत्य तथ्य बाहिर ल्याउनेमा ढुक्क छु : सुधन गुरुङ
सरकारले छानबिन समिति बनायो, सत्य तथ्य बाहिर ल्याउनेमा ढुक्क छु : सुधन गुरुङ
कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार
कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो
नेपालमा ‘वाक इन द टक’ को ठूलो समस्या : अर्थमन्त्री
नेपालमा ‘वाक इन द टक’ को ठूलो समस्या : अर्थमन्त्री
वीर अस्पतालको निर्देशकमा डा दीलिप शर्मा
वीर अस्पतालको निर्देशकमा डा दीलिप शर्मा
आर्थिक विधेयक २०८१ बहुमतले पारित
आर्थिक विधेयक २०८१ बहुमतले पारित
NPL खेलमा अवैध विज्ञापन प्रकरणः विज्ञापन बोर्डको कारबाही, दुई एजेन्सीलाई जरिवाना
NPL खेलमा अवैध विज्ञापन प्रकरणः विज्ञापन बोर्डको कारबाही, दुई एजेन्सीलाई जरिवाना
क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता
क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता