अवैध रूपमा आयात हुने ९६ क्यारेट सेतो अण्डा नष्ट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
४० पटक हेरिएको
Shares
अवैध रूपमा आयात हुने ९६ क्यारेट सेतो अण्डा नष्ट

सारांश

  • मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध ढङ्गले भित्रिने अण्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न प्रदेशस्थित उच्चपदस्थ सुरक्षा अधिकारीलाई निर्देशन दिएयता सशस्त्र प्रहरी बलले अवैध रूपमा आयातीत सेतो अण्डा बरामद तथा नष्ट गर्ने क्रमलाई तीव्र बनाएको छ ।
  • त्यसयता सशस्त्र प्रहरी बलले प्रदेशका आठवटै जिल्लामा दैनिकजसो सेतो अण्डा बरामद गरी नष्ट गर्नेगरेको सशस्त्र प्रहरी बल मधेस प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख एवं सशस्त्र प्रहरी नायब (डिआइजी) महानिरीक्षक कालीदास धौवजीले बताए ।
  • हिजो बुधबार सिरहाबाट २४ क्यारेट, सर्लाहीबट ३२ क्यारेट र रौतहटबाट ४० क्यारेट गरी ९६ क्यारेट सेतो अण्डा बरामद गरिएको छ ।

१४ चैत, जनकपुरधाम।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध ढङ्गले भित्रिने अण्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न प्रदेशस्थित उच्चपदस्थ सुरक्षा अधिकारीलाई निर्देशन दिएयता सशस्त्र प्रहरी बलले अवैध रूपमा आयातीत सेतो अण्डा बरामद तथा नष्ट गर्ने क्रमलाई तीव्र बनाएको छ । त्यसयता सशस्त्र प्रहरी बलले प्रदेशका आठवटै जिल्लामा दैनिकजसो सेतो अण्डा बरामद गरी नष्ट गर्नेगरेको सशस्त्र प्रहरी बल मधेस प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख एवं सशस्त्र प्रहरी नायब (डिआइजी) महानिरीक्षक कालीदास धौवजीले बताए ।

हिजो बुधबार सिरहाबाट २४ क्यारेट, सर्लाहीबट ३२ क्यारेट र रौतहटबाट ४० क्यारेट गरी ९६ क्यारेट सेतो अण्डा बरामद गरिएको छ ।
सशस्त्र डिआइजी धौवजीले सशस्त्र प्रहरी बलले नियमित रूपमा गर्दै आएको सेतो अण्डा ओसारपसार नियन्त्रण कार्यलाई अभियानकै रूपमा अगाडि बढाएको बताए ।

भारतबाट अवैध रूपमा भित्रिने त्यस्ता वस्तुका कारण व्यवसायमा समस्या भएको, भारतका विभिन्न प्रान्तमा देखापरेका बर्डफ्लु भित्रिने जोखिम उच्च रहेकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात नियन्त्रण गर्नुपर्ने भन्दै नेपाल लेयर्स कुखुरापालक सङ्घले बुधबार मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कोशी प्रदेशका ७ ठाउँमा सडक अवरुद्ध, ठाउँठाउँमा बाढी र पहिरोका कारण यात्रा कष्टकर
कोशी प्रदेशका ७ ठाउँमा सडक अवरुद्ध, ठाउँठाउँमा बाढी र पहिरोका कारण यात्रा कष्टकर
मुगुमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
मुगुमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
भक्तपुर बालकोटका एमाले नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
भक्तपुर बालकोटका एमाले नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
रेशमलाई अल्पकालीन नभइ दीर्घकालीन र रणनीतिक क्षेत्रका रूपमा अघि बढाऔं : मन्त्री डा.परियार
रेशमलाई अल्पकालीन नभइ दीर्घकालीन र रणनीतिक क्षेत्रका रूपमा अघि बढाऔं : मन्त्री डा.परियार
पोखरा र विराटनगरबीचको खेल सुपर ओभरमा
पोखरा र विराटनगरबीचको खेल सुपर ओभरमा
इलाम उपनिर्वाचन : उम्मेदवारले गरे मतदान
इलाम उपनिर्वाचन : उम्मेदवारले गरे मतदान
हमास-इजरायल द्वन्द्व : मृ*तक प्यालेस्टिनीको संख्या ५७ हजार नाघ्यो
हमास-इजरायल द्वन्द्व : मृ*तक प्यालेस्टिनीको संख्या ५७ हजार नाघ्यो
रामनवमीमा सार्वजनिक बिदा
रामनवमीमा सार्वजनिक बिदा
तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउँछौँ : प्रधानमन्त्री ओली
तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउँछौँ : प्रधानमन्त्री ओली