सुर्यविनायकमा चिडियाखाना निर्माणको काम चाँडै सुरु हुन्छ :मन्त्री चौलागाईँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष १४, २०८२
|
|
५१ पटक हेरिएको
Shares
सुर्यविनायकमा चिडियाखाना निर्माणको काम चाँडै सुरु हुन्छ :मन्त्री चौलागाईँ

सारांश

  • वन तथा वातावरणमन्त्री माधव प्रसाद चौलागाईँले भक्तपुरको सुर्यविनायकमा चाँडै चिडियाखाना बनाउने घोषणा गरेका छन् ।
  • सोमबार चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको ३० औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उनले चिडियाखाना निर्माणको लागि आवश्यक प्रकृया र कागजातहरुको बारेमा काम गरिरहेको बताउँदै अब चाँडै निर्माणको घोषणा गर्ने बताएका हुन् ।
  • उनले भने,‘१० वर्षदेखि अल्झिराखेको सुर्यविनायकमा चिडियाखाना निर्माण गर्ने कुरा केही हप्तामा नै घोषणा गर्नेछौं ।

 काठमाडौं ।

वन तथा वातावरणमन्त्री माधव प्रसाद चौलागाईँले भक्तपुरको सुर्यविनायकमा चाँडै चिडियाखाना बनाउने घोषणा गरेका छन् । सोमबार चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको ३० औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उनले चिडियाखाना निर्माणको लागि आवश्यक प्रकृया र कागजातहरुको बारेमा काम गरिरहेको बताउँदै अब चाँडै निर्माणको घोषणा गर्ने बताएका हुन् । उनले भने,‘१० वर्षदेखि अल्झिराखेको सुर्यविनायकमा चिडियाखाना निर्माण गर्ने कुरा केही हप्तामा नै घोषणा गर्नेछौं ।

त्यसको प्रकृया र कागजातहरुको बारेमा कुरा गरिरहेको छौं’उनले भने । त्यस्तै उनले ३० वर्षसम्म देशमा जनताले अपेक्षा गरेअनुरुप विकास नहुँदा जेनजी विद्रोह भएको बताए । कति समयमा परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरा इमान्दारपूर्वक काम गर्न सकियो कि सकिएन भन्ने कुराले निर्धारण गर्ने धारणा राखे ।
उनले भने,‘मलाई थाहा छ । ३० वर्षसम्म हाम्रो देशमा जे अपेक्षा गरेको थिए मानिसले त्यो नपाएपछि देशमा जेनजी विद्रोह भयो । तपाईलाई काम गर्न परिवर्तन गर्न कति समय भयो भने पर्याप्त हुन्छ ? कति समय भयो भने तपाईहले परिवर्तन ल्याउन सक्नुहुन्छ ? भन्ने कुरा इमान्दारपूर्वक काम गर्नुभयो कि भएन भन्ने कुराले निर्धारण गर्छ ।’
जेनजी आन्दोलन कुनै व्यक्ति विशेष नभएर प्रवृत्तिको कुरा भएको भन्दै सबैले एकचोटी आत्मासमिक्षा गर्न आवश्यक रहेको बताए ।
‘एकचोटी आत्मासमिक्षा गरौं । हामी सबैको कतै न कतै जेनजी आन्दोलन हुनुमा योगदान छ, जेनजी आन्दोलन हुनु कुनै व्यक्तिको कुरा होइन्, प्रवृत्तिको कुरा हो । त्यो प्रवृत्तिले हरेक ठाउँमा गाँजेको थियो,’उनले भने
त्यस्तै ललितपुरमहानगरपालिका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको सान भनेको नै चिडियाखाना रहेको बताए । चिडियाखानाबाट आएका हरेक प्रस्तावहरु स्वीकृत गर्न महानगर तयार रहेको उनले प्रतिबद्धता जनाए ।
उनले भने,‘ललितपुर महानगरपालिकाको सान भनेको यो चिडियाघर हो । ठाउँ सानो होला, ठूलो गर्ने सम्भावना पनि देखिदैन । तर पनि यो एकदमै राम्रोसँग चलेको छ । यहाँबाट जस्तोसुकै प्रस्ताव लिए आएपनि महानगरपालिकामा रातो कार्पेट बिछ्याएर स्वागत गर्छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त– पीएसओ र गाडी सुविधा नलिने
अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त– पीएसओ र गाडी सुविधा नलिने
रुकुम पश्चिमका २२ हजार घरधुरीमा केन्द्रीय विद्युत् प्रसारण
रुकुम पश्चिमका २२ हजार घरधुरीमा केन्द्रीय विद्युत् प्रसारण
१ वर्षमा १६९ देशका पर्यटक पुगे अन्नपूर्ण संरक्षण क्षेत्र
१ वर्षमा १६९ देशका पर्यटक पुगे अन्नपूर्ण संरक्षण क्षेत्र
मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै
मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै
६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
स्वास्थ्य मन्त्रालयले सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने
स्वास्थ्य मन्त्रालयले सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने
बाजुरामा समानुपातिकमा समेत कांग्रेस पहिलो
बाजुरामा समानुपातिकमा समेत कांग्रेस पहिलो
निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा
निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा
आज देशका यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
आज देशका यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा हुने
बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा हुने