विराटनगरबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २०, २०८१
|
|
७७ पटक हेरिएको
Shares
विराटनगरबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

सारांश

  •  सोमबार अपरान्ह पक्राउ परेकामध्ये १ जना भारतीय र २ जना नेपाली नागरिक हुन्।
  •   मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार भारत बिहारको अररिया थाना फारबिसगन्ज–७ का २८ वर्षीय अर्जुन मल्लिक, विराटनगर महानगरपालिका–१७ का १९ वर्षीय साइनम गुरुङ र मोरङको लेटाङ नगरपालिका–३ का ४० वर्षीय नवीन तामाङलाई पक्राउ गरिएको हो।
  • भारतको जोगवनीबाट नेपाल छिरेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा साथबाट ब्राउन सुगरजस्तो देखिने वस्तु ४०.

२० फागुन,  विराटनगर : विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित ३ जना पक्राउ परेका छन्।  सोमबार अपरान्ह पक्राउ परेकामध्ये १ जना भारतीय र २ जना नेपाली नागरिक हुन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार भारत बिहारको अररिया थाना फारबिसगन्ज–७ का २८ वर्षीय अर्जुन मल्लिक, विराटनगर महानगरपालिका–१७ का १९ वर्षीय साइनम गुरुङ र मोरङको लेटाङ नगरपालिका–३ का ४० वर्षीय नवीन तामाङलाई पक्राउ गरिएको हो। भारतको जोगवनीबाट नेपाल छिरेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा साथबाट ब्राउन सुगरजस्तो देखिने वस्तु ४०.१४ ग्राम बरामद भएको जोशीले बताए।

इलाका प्रहरी कार्यालय रानी, इलाका प्रहरी कार्यालय रानी (सीमा) र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले तीनै जनालाई सोमबार अपरान्ह ४:३० बजेतिर विराटनगर–१५ स्थित चाइना मार्केटबाट पक्राउ गरेको हो। उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान गरिररहेको छ। पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मद्दा चल्ने डीएसपी जोशीले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात दिनभित्र जग्गाको भाडा नरिते भौतिक संरचना जफत गर्ने खड्का ल्यान्ड प्रालीलाई स्काउटको चेतावनी
सात दिनभित्र जग्गाको भाडा नरिते भौतिक संरचना जफत गर्ने खड्का ल्यान्ड प्रालीलाई स्काउटको चेतावनी
इराकको बगदादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
इराकको बगदादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
पुस मसान्तभित्र बुझाउँदा १० प्रतिशत कर छुट, बक्यौतामा लाग्ने सबै जरिवाना छुट
पुस मसान्तभित्र बुझाउँदा १० प्रतिशत कर छुट, बक्यौतामा लाग्ने सबै जरिवाना छुट
मतदानअघि एकसाथै देखिए ओली र पोखरेल
मतदानअघि एकसाथै देखिए ओली र पोखरेल
वाशिंगटन डिसीमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी ह*त्या
वाशिंगटन डिसीमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी ह*त्या
११ महिनामा मोबाइल, फोन, चार्जरमै बाहिरियो ३० करोड २९ लाख रुपैयाँ
११ महिनामा मोबाइल, फोन, चार्जरमै बाहिरियो ३० करोड २९ लाख रुपैयाँ
धनगढीको नोभा हस्पिटलको शौचालयमा मृत भेटिए बिरामी कुरुवा
धनगढीको नोभा हस्पिटलको शौचालयमा मृत भेटिए बिरामी कुरुवा
सरकारले दुई तिहाइको बल कुलमान हटाउन प्रयोग गर्‍यो: प्रतिपक्ष
सरकारले दुई तिहाइको बल कुलमान हटाउन प्रयोग गर्‍यो: प्रतिपक्ष
वार्ताअघि इरानी संसद्का अध्यक्ष गालिबाफले भने- अमेरिकामाथि भरोसा छैन
वार्ताअघि इरानी संसद्का अध्यक्ष गालिबाफले भने- अमेरिकामाथि भरोसा छैन
अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध पीडितले दिए उजुरी
अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध पीडितले दिए उजुरी