आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ १७, २०८३
|
|
१० पटक हेरिएको
Shares
आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

सारांश

  • हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ ।
  • अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।
  • साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा भोलीसम्म मनसुन बिस्तार हुने सम्भावना छ ।

१७ असार, काठमाडौं ।

हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा भोलीसम्म मनसुन बिस्तार हुने सम्भावना छ । हाल लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ।

लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षा भईरहेको छ । आज दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ। देशको हिमाली भूभागको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।

आज राति देशभर पूर्णतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागको केही स्थानमा तथा कर्णाली सुदुरपश्चिम प्रदेशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा रहिमपातको सम्भावना छ । देशको पहाडी भूभागको केही स्थानमा र देशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन रचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभाग एक र दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभरबाट १४ हजार ३०७ कैदीबन्दी फरार, १२ हजार ८५२ जना अझै बाहिरै
देशभरबाट १४ हजार ३०७ कैदीबन्दी फरार, १२ हजार ८५२ जना अझै बाहिरै
भ्रष्टाचार नियन्त्रणमा सरकारद्वारा कडाइ, सबै निकायलाई प्रभावकारी कदम चाल्न निर्देशन
भ्रष्टाचार नियन्त्रणमा सरकारद्वारा कडाइ, सबै निकायलाई प्रभावकारी कदम चाल्न निर्देशन
करिब १४ लाख बराबरको लत्ताकपडासहितको ३ वटा मोटरसाईकल नियन्त्रणमा
करिब १४ लाख बराबरको लत्ताकपडासहितको ३ वटा मोटरसाईकल नियन्त्रणमा
साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै फाइनलमा पुग्यो नेपाल
साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै फाइनलमा पुग्यो नेपाल
एसईई दिन परीक्षा केन्द्रमा पुग्न समस्या भए खबर गर्न काठमाडौं महानगरको आग्रह
एसईई दिन परीक्षा केन्द्रमा पुग्न समस्या भए खबर गर्न काठमाडौं महानगरको आग्रह
चितवनका विकास योजना लिएर कांग्रेस-एमालेले भेटे प्रधानमन्त्रीलाई
चितवनका विकास योजना लिएर कांग्रेस-एमालेले भेटे प्रधानमन्त्रीलाई
डिसाबिलिटी क्रिकेट शृंखला खेल्ने नेपाली टोलीको बिदाइ
डिसाबिलिटी क्रिकेट शृंखला खेल्ने नेपाली टोलीको बिदाइ
प्रधानमन्त्रीलाई असिम शाहको प्रश्न : सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ?
प्रधानमन्त्रीलाई असिम शाहको प्रश्न : सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ?
गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने
गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने
झ्याप्ले खोलामा पुरिएको माइक्रोबस चितवनबाट गएको पुष्टि,
झ्याप्ले खोलामा पुरिएको माइक्रोबस चितवनबाट गएको पुष्टि,