जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ
सारांश
- इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ८ सय ४० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको छ ।
- साथै प्रहरीलाई देख्नासाथ फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

९ वैशाख, धनुषा–
धनुषाधाम नगरपालिका-६ स्थित समसुल राईनको आँप बगैँचामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६० वर्षीय काजी बहादुर तामाङसमेत तीन जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ८ सय ४० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको छ । साथै प्रहरीलाई देख्नासाथ फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया