विधेयक ऐन, २०८१ लाई अक्षरशः कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १३, २०८२
|
|
३५ पटक हेरिएको
Shares
विधेयक ऐन, २०८१ लाई अक्षरशः कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन

सारांश

  • संसदीय समितिले विधेयक ऐन, २०८१ लाई कार्यान्वयनका निमित्त तदारुकता देखाइ अक्षरशः कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।
  • मंगलवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले विधेयक ऐन २०८१ को अक्षरशः कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
  • समितिको निर्णय सुनाउँदै समिति सभापति मायाप्रसाद शर्माले प्रत्यायोजित कानूनलाई अडिट गरी सहायका कानूनहरुलाई  समितिमा पठाउन निर्देशन गरेको बताउनु भयो ।

१३ साउन, काठमाडौैं ।

संसदीय समितिले विधेयक ऐन, २०८१ लाई कार्यान्वयनका निमित्त तदारुकता देखाइ अक्षरशः कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले विधेयक ऐन २०८१ को अक्षरशः कार्यान्वयन गर्न निर्देशन दिएको हो । समितिको निर्णय सुनाउँदै समिति सभापति मायाप्रसाद शर्माले प्रत्यायोजित कानूनलाई अडिट गरी सहायका कानूनहरुलाई  समितिमा पठाउन निर्देशन गरेको बताउनु भयो ।

संघ, प्रदेश र स्थानीय तहको समन्वयका निमित्त बनाउन बाँकी कानूनहरु छिटो बनाउने प्रक्रिया मिलाइ कानून बनाएर संघीयतालाई बलियो बनाउन निर्देशन दिनुभयो ।  उहाँले भन्नुभयो, ‘कानून मन्त्रालयसँग सम्बन्धित विषयहरुमा हामीले छलफल गरेका छौँ । कानून मन्त्रालयले विगतको २०८१÷०८२ देखि ०८२÷०८३ सम्मको कानून मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासनका विषयमा कति कार्यान्वयन भएको छ, कति कार्यान्वयन भएको छैन ? भन्ने हाम्रो जिज्ञासा थियो । कार्यान्वयन हुँदैछ र कार्यान्वयन नभएको विषयमा हामी कार्यान्वयन गर्दछौँ भन्नुभएको छ । कार्यान्वयन गर्न निर्देशन गरेका छौँ ।

संघ, प्रदेश र स्थानीय तहको समन्वयका निमित्त जुन कानून बनाउन बाँकी छन्, निजामति, प्रहरी कानून लगायतका कानूनहरु जो बनाउनुपर्नेछ । छिटो प्रक्रिया पु¥याइ, कानून बनाएर संघीयतालाई बलियो बनाउन निर्देशन दिइएको छ । प्रत्यायोजित कानून । प्रत्यायोजित कानून बनेको पाँच वर्षभित्र एक÷एक वर्षमा फेरि पाँच वर्षभित्र एक÷एक वर्षमा त्यसलाई अडिट गर्नुपर्ने र सहायका कानूनहरु बनेका कुरालाई समितिमा पठाउन निर्देशन गरेको छ । विधेयक ऐन २०८१ लाई कार्यान्वयनका निमित्त तदारुकता देखाओस् र अक्षरशः कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।’समितिले सरकारी आश्वासनहरु पूर्णतः कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजावादीहरूलाई रिङरोडबाट भित्र छिर्न नदिन बानेश्वर-तीनकुने सडकमा प्रहरीले लगायो बार
राजावादीहरूलाई रिङरोडबाट भित्र छिर्न नदिन बानेश्वर-तीनकुने सडकमा प्रहरीले लगायो बार
आगलागी भएको सेन्टर प्लाजाबाट १६ जनाको उद्धार
आगलागी भएको सेन्टर प्लाजाबाट १६ जनाको उद्धार
सरकारी टोलीद्वारा राप्रपा पार्टी कार्यालयको अनुगमन
सरकारी टोलीद्वारा राप्रपा पार्टी कार्यालयको अनुगमन
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
विभाजनपछि जसपाले बोलायो केन्द्रीय समितिको बैठक
विभाजनपछि जसपाले बोलायो केन्द्रीय समितिको बैठक
कोटेश्वरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार २५ वर्षीय युवकको मृ*त्यु
कोटेश्वरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार २५ वर्षीय युवकको मृ*त्यु
कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- खास लडाइँ भोलिबाट सुरु हुन्छ
उद्योगमा वित्तीय क्षेत्रको लगानी पौने १८ खर्ब, क्षमता उपयोग ४३ प्रतिशत मात्रै
उद्योगमा वित्तीय क्षेत्रको लगानी पौने १८ खर्ब, क्षमता उपयोग ४३ प्रतिशत मात्रै
प्रधानमन्त्रीको एक साता लामो स्पेन भ्रमण स्वीकृत
प्रधानमन्त्रीको एक साता लामो स्पेन भ्रमण स्वीकृत