Press 4K
सोमबार, २९ भाद्र २०८३

चैत महिनाका लागि वाणिज्य बैंकको अधिकतम ब्याजदरमा सामान्य गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन ३०, २०८२
|
|
३१ पटक हेरिएको
Shares
चैत महिनाका लागि वाणिज्य बैंकको अधिकतम ब्याजदरमा सामान्य गिरावट

सारांश

  • वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
  • बैंकहरूले प्रकाशित गरेका सूचनाअनुसार, अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको देखिएको छ ।
  • फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ४.

३० फागुन,काठमाडौं ।

वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले प्रकाशित गरेका सूचनाअनुसार, अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको देखिएको छ ।

फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ४.५६ प्रतिशतविन्दु रहेकोमा चैत महिनामा ४.४९ प्रतिशतविन्दुमा झरेको छ । यस प्रकारको निक्षेपमा औषत ब्याजदर ०.०७ प्रतिशतविन्दुले घटेको हो । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाउँदा औषत दरमा गिरावट आएको हो। बाँकी १४ बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर फागुन महिनाकै दरमा कायम राखेका छन् । संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर पनि ०.०३ प्रतिशतविन्दुले घटेको छ । चैत महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउने बैंक नेपाल बैंक रहेको छ । सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.६ प्रतिशतविन्दुले घटाएको छ ।

त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, कृषि विकास बैंक, प्राइम कमर्शियल बैंक र ग्लोबल आइएमई बैंकले पनि ब्याजदर घटाएका छन् । ब्याजदरमा गिरावटसँगै निक्षेपकर्ताले थोरै कम फाइदा पाउने देखिएको छ भने बैंकहरूको प्रतिस्पर्धात्मक रणनीति र बजार व्यवस्थापनमा यसले प्रभाव पार्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथा सम्वादको औचित्यमाथि प्रभु साहले उठाए प्रश्न, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एनआरएनए फुटाईदिएको आरोप
सगरमाथा सम्वादको औचित्यमाथि प्रभु साहले उठाए प्रश्न, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एनआरएनए फुटाईदिएको आरोप
पूर्वराज्यमन्त्री हत्याको अनुसन्धानमा खटियो सीआईबी टोली
पूर्वराज्यमन्त्री हत्याको अनुसन्धानमा खटियो सीआईबी टोली
आज बडादशैँको छैटौँ दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै
आज बडादशैँको छैटौँ दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै
सर्लाहीमा मोटरसाइकल र ट्याङ्कर ठोक्किँदा एक जनाको मृ*त्यु
सर्लाहीमा मोटरसाइकल र ट्याङ्कर ठोक्किँदा एक जनाको मृ*त्यु
लुक्लाबाट रामेछाप उडेको जहाज काठमाडौंमा आकस्मिक अवतरण
लुक्लाबाट रामेछाप उडेको जहाज काठमाडौंमा आकस्मिक अवतरण
बिहीबारदेखि कोशीमा लगानी सम्मेलन, २ दर्जन परियोजना सम्झौता हुने अपेक्षा
बिहीबारदेखि कोशीमा लगानी सम्मेलन, २ दर्जन परियोजना सम्झौता हुने अपेक्षा
चैत्र शुक्ल नवमी : देशभरका राम मन्दिरमा भक्तजनको भीड
चैत्र शुक्ल नवमी : देशभरका राम मन्दिरमा भक्तजनको भीड
यार्सा टिप्न गएका २ जनाको मृत्यु, १ जना सिकिस्त
यार्सा टिप्न गएका २ जनाको मृत्यु, १ जना सिकिस्त
नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी
नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी
सुदूरपश्चिमका मुख्यमन्त्री भारतको औपचारिक भ्रमणमा जाँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भारतको औपचारिक भ्रमणमा जाँदै

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...