Press 4K
आइतबार, ७ भाद्र २०८३

आज ‘क्रिसमस डे’ मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष १०, २०८२
|
|
३२ पटक हेरिएको
Shares
आज ‘क्रिसमस डे’ मनाइँदै

सारांश

  • क्रिश्चियन समुदायले आज येशु ख्रीष्टको जन्मस्मृतिमा क्रिसमस डे मनाउँदै छन् ।
  • पछिल्ला वर्षहरूमा धार्मिक पर्वका रूपमा मात्र नभई सामाजिक–सांस्कृतिक उत्सवका रूपमा पनि क्रिसमस नेपालका प्रमुख सहरहरूमा उल्लासपूर्वक मनाउन थालिएको छ ।
  • क्रिसमसको अवसरमा राजधानी काठमाडौंसहित ठमेल, बौद्ध, पोखरा, सौराहा जस्ता पर्यटकीय क्षेत्रहरू सजावट र रौनकले भरिएका छन् ।

 

काठमाडौं ।

क्रिश्चियन समुदायले आज येशु ख्रीष्टको जन्मस्मृतिमा क्रिसमस डे मनाउँदै छन् । पछिल्ला वर्षहरूमा धार्मिक पर्वका रूपमा मात्र नभई सामाजिक–सांस्कृतिक उत्सवका रूपमा पनि क्रिसमस नेपालका प्रमुख सहरहरूमा उल्लासपूर्वक मनाउन थालिएको छ । क्रिसमसको अवसरमा राजधानी काठमाडौंसहित ठमेल, बौद्ध, पोखरा, सौराहा जस्ता पर्यटकीय क्षेत्रहरू सजावट र रौनकले भरिएका छन् । मुख्य सहरका सार्वजनिक स्थलमा क्रिसमस ट्रि, बत्ती र सजावट देखिन थालेका छन् भने होटल, रेष्टुरेन्ट र पर्यटन व्यवसायमा समेत चहलपहल बढेको छ ।

नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजका अनुसार येशु ख्रीष्टले मानव समुदायलाई प्रेम, शान्ति र मुक्ति दिएको विश्वासका आधारमा क्रिसमसलाई ती तीन मूल्यको उत्सवका रूपमा मनाउने गरिन्छ । महासङ्घले विसं २०६३ पछि क्रिसमसलाई संगठित रूपमा महोत्सवको रूप दिएको हो ।

आज महासङ्घ मूल समारोह समितिको आयोजनामा ‘क्रिसमस महोत्सव २०८२’ आयोजना गरिएको छ । महोत्सवमा सरकारका प्रतिनिधि, सरोकारवाला निकाय, मानव अधिकारकर्मी र विभिन्न समुदायका व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ ।

क्रिसमस डेका अवसरमा नेपालमा सार्वजनिक बिदा दिने व्यवस्था पनि समयक्रमसँगै परिवर्तन हुँदै आएको छ । विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएकोमा केही वर्ष क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि भने पुनः सबैका लागि सार्वजनिक बिदा दिइँदै आएको छ ।

महासङ्घका अनुसार हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च सञ्चालनमा छन् । बढ्दो सहभागिता र सार्वजनिक चासोका कारण क्रिसमस नेपालमा बहुसांस्कृतिक उत्सवको रूपमा स्थापित हुँदै गएको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु
सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु
आजको मौसम : यी प्रदेशहरुमा साधारणतया बदली रहने
आजको मौसम : यी प्रदेशहरुमा साधारणतया बदली रहने
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
प्रमुख ५ दलका सचेतकहरूसँग सभामुखको छलफल जारी
प्रमुख ५ दलका सचेतकहरूसँग सभामुखको छलफल जारी
बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश
बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
लेबनानमा इजरायली हवाई आक्रमणमा २१ जनाको मृत्यु
लेबनानमा इजरायली हवाई आक्रमणमा २१ जनाको मृत्यु
सौराहामा होटलको चौथो तलाबाट खस्दा सिन्धुलीकी छात्रा स्नेहा पाख्रिनको मृ*त्यु
सौराहामा होटलको चौथो तलाबाट खस्दा सिन्धुलीकी छात्रा स्नेहा पाख्रिनको मृ*त्यु
काश्मीरमा नेपालीसहित २७ पर्यटक मार्ने आतंकवादीहरूका वास्तविक तस्बिर सार्वजनिक
काश्मीरमा नेपालीसहित २७ पर्यटक मार्ने आतंकवादीहरूका वास्तविक तस्बिर सार्वजनिक
संसद्‍मा रास्वपाले उठायो भिजिट भिसाबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग
संसद्‍मा रास्वपाले उठायो भिजिट भिसाबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...