अमेरिकी संघीय कर्मचारी फेरि कटौती गर्ने ट्रम्पको निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
२३ पटक हेरिएको
Shares
अमेरिकी संघीय कर्मचारी फेरि कटौती गर्ने ट्रम्पको निर्णय

सारांश

  • अमेरिकामा ट्रम्प प्रशासनले संघीय निकायलाई ठूलो मात्रामा कर्मचारी कटौती गर्न निर्देशन दिएको छ ।
  • राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकपछि यस्तो निर्देशन दिएका हुन् ।
  • ट्रम्पको पहिलो क्याबिनेट बैठकमा सरकारी दक्षता विभागका प्रमुख एलन मस्क पनि उपस्थित थिए, जुन प्रशासनिक लागत कम गर्न स्थापना गरिएको हो ।

 

१५ फागुन, काठमाडौं । अमेरिकामा ट्रम्प प्रशासनले संघीय निकायलाई ठूलो मात्रामा कर्मचारी कटौती गर्न निर्देशन दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकपछि यस्तो निर्देशन दिएका हुन् । ट्रम्पको पहिलो क्याबिनेट बैठकमा सरकारी दक्षता विभागका प्रमुख एलन मस्क पनि उपस्थित थिए, जुन प्रशासनिक लागत कम गर्न स्थापना गरिएको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्प प्रशासनले जारी गरेको नयाँ योजनामा मार्च १३ सम्ममा संघीय कर्मचारीको संख्या कटौती गर्ने योजना बनाइसक्नुपर्ने उल्लेख छ । यद्यपि, संघीय कर्मचारीहरू पहिले नै लागत कटौती गर्ने योजनाबाट प्रभावित भइसकेका छन् । नयाँ निर्देशिकामा अब कति कर्मचारी हटाउने भन्ने उल्लेख गरिएको छैन । ट्रम्पका अनुसार क्याबिनेट बैठकमा वातावरण संरक्षण एजेन्सीका प्रशासक ली जेल्दिनले १५ हजार कर्मचारीमध्ये ६५ प्रतिशतलाई हटाउने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?