वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए प्रहरीमा जाहेरी
सारांश
- त्रिपाठीले बिहीबार प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएका हुन् ।
- बुधबार स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पीडितका पक्षबाट बहस गरेर काठमाडौं जिल्ला अदालतबाट बाहिरिँदै गर्दा उनीमाथि हातपात भएको थियो ।
- अदालत परिसरमा मुद्दाका प्रतिवादी एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले उनलाई घेरा हालेर लछार पछार गरेका थिए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट र अभद्र व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन् । त्रिपाठीले बिहीबार प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएका हुन् । बुधबार स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पीडितका पक्षबाट बहस गरेर काठमाडौं जिल्ला अदालतबाट बाहिरिँदै गर्दा उनीमाथि हातपात भएको थियो ।

अदालत परिसरमा मुद्दाका प्रतिवादी एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले उनलाई घेरा हालेर लछार पछार गरेका थिए । त्रिपाठीमाथि भएको कुटपिटको घटनालाई लिएर नेपाल बार एसोसिएसन, सर्वोच्च बार र जिल्ला बारले समेत दोषीलाई कारबाहीको माग गरेका छन् । प्रहरीले त्रिपाठीमाथि हातपात गरेको आरोपमा बुधबारै ललितपुर टीकाथली बस्ने ललित केसीलाई पक्राउ गरेको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया