विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २८, २०८२
|
|
३९ पटक हेरिएको
Shares
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

सारांश

  • नेपाली कांग्रेसका वरिष्ठ नेता डा.
  • शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, बरिष्ठ अधिवक्ताहरुसँग छलफल गरेका छन ।
  • छलफलमा डा.

काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, बरिष्ठ अधिवक्ताहरुसँग छलफल गरेका छन । छलफलमा डा.कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताए । पार्टीलाई फूटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए । कोइरालाले आफु बिष पिएरै भएपनि पार्टीभित्रको एकता कायम गरिछाड्ने अन्तिम प्रयासमा जुटिरहेको बताए ।

उनले भने ,‘म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरुसँग पार्टी कुनैपनि हालतमा फुट्न दिनुहुन्न भनेर कुरा गरिहेको छु । पार्टी जोगाउने प्रयास र गरिरहेको छु । चिन्ता नगर्नुहोस् पार्टी जोगिन्छ । पार्टी फुट्न म दिन्न । समन्वय गरेर जाने हो । पार्टीलाई एक ढिक्का बनाएर जाने हो ।’ उक्त छलफलमा कानुन व्यवसायीहरुले नेपाली कांग्रेसको विधान अनुसार बिशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र भएको बताए । अहिले महामन्त्रीहरुले बोलाएको बिशेष महाधिवेशन वैध पनि नभएको र नेतृत्व परिवर्तन गर्न नमिल्ने बताए । उक्त छलफलमा सबै नेता तथा कार्यकर्ताहरुले पार्टीलाई फूटबाट जोगाउन डा. शेखर कोइरालाले दुबै पक्षसँग सहजीकरण गरी पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेको थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैँ
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैँ
मधेश प्रदेशसभा : मुख्यमन्त्रीको विश्वासको मत प्रक्रिया सुरु, रोक्न लोसपाको माग
मधेश प्रदेशसभा : मुख्यमन्त्रीको विश्वासको मत प्रक्रिया सुरु, रोक्न लोसपाको माग
ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन
नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी
नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प
मनी ट्रान्सफर सञ्चालकमाथि गोली हानेको आरोपमा ३ जना पक्राउ
मनी ट्रान्सफर सञ्चालकमाथि गोली हानेको आरोपमा ३ जना पक्राउ
१३ दिन हिरासत बसेर छुटेका ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै
१३ दिन हिरासत बसेर छुटेका ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै
सार्वजनिक स्थानमा फोहर फाल्नेलाई १५ हजारसम्म जरिवाना
सार्वजनिक स्थानमा फोहर फाल्नेलाई १५ हजारसम्म जरिवाना
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस्: प्रधानमन्त्री
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस्: प्रधानमन्त्री