निर्वाचनमा सवारीसाधन प्रयोगमा कडाइ, आयोगद्वारा नयाँ कार्यविधि जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ २२, २०८२
|
|
५८ पटक हेरिएको
Shares
निर्वाचनमा सवारीसाधन प्रयोगमा कडाइ, आयोगद्वारा नयाँ कार्यविधि जारी

सारांश

  • निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ ।
  • आयोगले निर्वाचन अवधिमा सवारीसाधनको प्रयोगलाई कडाइका साथ नियमन गर्ने उद्देश्यले ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको हो ।
  • निर्वाचन प्रचारप्रसारको अवधि तथा मतदानको दिन सवारीसाधनको प्रयोगलाई व्यवस्थित, मर्यादित र नियन्त्रित बनाउने लक्ष्यसहित कार्यविधि लागू गरिएको आयोगले जनाएको छ ।

 

२२ माघ, काठमाडौं ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ । आयोगले निर्वाचन अवधिमा सवारीसाधनको प्रयोगलाई कडाइका साथ नियमन गर्ने उद्देश्यले ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको हो । निर्वाचन प्रचारप्रसारको अवधि तथा मतदानको दिन सवारीसाधनको प्रयोगलाई व्यवस्थित, मर्यादित र नियन्त्रित बनाउने लक्ष्यसहित कार्यविधि लागू गरिएको आयोगले जनाएको छ । राजनीतिक दल, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले निर्वाचन प्रयोजनका लागि प्रयोग गर्ने सवारीसाधनको अनुमति प्रक्रिया स्पष्ट पार्न आवश्यक भएकाले कार्यविधि ल्याइएको हो।

आयोगबाट माघ २० गते स्वीकृत कार्यविधिअनुसार सवारीसाधन प्रयोग गर्न चाहने राजनीतिक दल, उम्मेदवार वा निर्वाचन प्रतिनिधिले सम्बन्धित निर्वाचन अधिकृतसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ। निवेदनका आधारमा निर्वाचन अधिकृतले तोकिएको सीमाभित्र रही अनुमतिपत्र जारी गर्ने व्यवस्था गरिएको छ। कार्यविधिअनुसार प्रतिनिधिसभा वा प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारले बढीमा दुईवटा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे ९विद्युतीय वा यान्त्रिक० हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन्। सवारीसाधन सञ्चालन नहुने स्थानमा बढीमा चारवटा घोडा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। स्थानीय तह निर्वाचनका हकमा महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख वा उपप्रमुखका उम्मेदवारले दुईवटा हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन् भने नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष वा उपाध्यक्षका उम्मेदवारलाई एउटा हलुका सवारीसाधन प्रयोग गर्न अनुमति दिइनेछ।
वडाअध्यक्ष तथा वडा सदस्यका उम्मेदवारले भने उम्मेदवार भएको वडाभित्र मात्र प्रयोग गर्ने गरी एउटा सवारीसाधन प्रयोग गर्न पाउनेछन्। निर्वाचन प्रचारप्रसारका लागि जारी गरिने अनुमतिपत्रमा मौन अवधिमा सवारीसाधन प्रयोग गर्न नपाइने विषय अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

अनुमतिपत्र नलिई सवारीसाधन प्रयोग गरेमा वा मौन अवधिमा अनुमति प्राप्त सवारीसाधन चलाएमा त्यस्ता सवारीसाधन नियन्त्रणमा लिई निर्वाचन समाप्त भएपछि मात्र फिर्ता गरिनेछ। यसका लागि जिल्ला आचारसंहिता अनुगमन समितिले नियमित अनुगमन गरी उल्लङ्घन देखिएमा स्थानीय प्रशासनलाई सवारीसाधन नियन्त्रणमा लिन निर्देशन दिने व्यवस्था गरिएको छ। मतदानको दिन अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य कुनै पनि सवारीसाधन सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ। यद्यपि, हवाई उडानमा भने यो व्यवस्था लागू हुने छैन। मतदानको दिन उम्मेदवार, सुरक्षाकर्मी, संवैधानिक निकायका पदाधिकारी, सञ्चारमाध्यम, पर्यवेक्षक, कूटनीतिक नियोग, संयुक्त राष्ट्रसङ्घका नियोग, विदेशी पर्यटक, अन्तरराष्ट्रिय सङ्घसंस्था, अवलोकनकर्ता, अनुगमनकर्ता, विशिष्ट अतिथि तथा आयोगले तोकेका अन्य निकाय र व्यक्तिलाई सवारीसाधन प्रयोगको अनुमति दिन सकिने व्यवस्था गरिएको छ।

काठमाडौं जिल्लामा आयोग परिसरमा स्थापना गरिने एकीकृत सवारीसाधन आवागमन डेस्कमार्फत अनुमति प्रक्रिया सञ्चालन गरिनेछ भने अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालयले मुख्य निर्वाचन अधिकृतको समन्वयमा अनुमति जारी गर्नेछ। कार्यविधिअनुसार विदेशी नम्बर प्लेट भएका सवारीसाधनलाई निर्वाचन प्रचारप्रसार प्रयोजनका लागि प्रयोग गर्न अनुमति दिइने छैन। एम्बुलेन्स, दमकल, खानेपानी ट्याङ्कर, दूध ढुवानी सवारी, शववाहन, अस्पताल सेवा, दूरसञ्चार तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवाका सवारीसाधन र ‘सिडी’ नम्बर प्लेट भएका कूटनीतिक नियोगका सवारीसाधनलाई भने अनुमति लिनुपर्ने छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विश्वविद्यालयको आज ५१औँ दीक्षान्त समारोह गरिदै
त्रिभुवन विश्वविद्यालयको आज ५१औँ दीक्षान्त समारोह गरिदै
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण
एसईईको नतिजा सुधार्न अनलाइन कक्षा चलाउँछौं : प्रधानमन्त्री
एसईईको नतिजा सुधार्न अनलाइन कक्षा चलाउँछौं : प्रधानमन्त्री
पत्र पाएपछि बयान दिन जाने-नजाने निर्णय गर्छु: रमेश लेखक
पत्र पाएपछि बयान दिन जाने-नजाने निर्णय गर्छु: रमेश लेखक
सिभिल अस्पतालमा ५० बढी घाइते, अश्रुग्यासले त्रासमा स्वास्थ्यकर्मी
सिभिल अस्पतालमा ५० बढी घाइते, अश्रुग्यासले त्रासमा स्वास्थ्यकर्मी
काठमाडौंसहित आज ३९ जिल्लामा बाढीको जोखिम
काठमाडौंसहित आज ३९ जिल्लामा बाढीको जोखिम
निर्वाचनका लागि सरकारले शान्ति सुरक्षा र स्रोतसाधनको सुनिश्चितता गर्नुपर्छ : आयुक्त
निर्वाचनका लागि सरकारले शान्ति सुरक्षा र स्रोतसाधनको सुनिश्चितता गर्नुपर्छ : आयुक्त
पत्रकार महासंघले प्रहरी परिसर अगाडि धर्ना दिंदै
पत्रकार महासंघले प्रहरी परिसर अगाडि धर्ना दिंदै
सार्वजनिक यातायात र हवाई टिकट दुबै पाउन मुस्किल
सार्वजनिक यातायात र हवाई टिकट दुबै पाउन मुस्किल
सरकारी कार्यालयहरू चुस्त दुरुस्त बनाउन प्रजिअ अधिकारीद्वारा धमाधम छड्के
सरकारी कार्यालयहरू चुस्त दुरुस्त बनाउन प्रजिअ अधिकारीद्वारा धमाधम छड्के