सार्वजनिक माफी माग्दै गगन थापाले भने- अब हामीलाई सच्चिने पर्छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
२५ पटक हेरिएको
Shares
सार्वजनिक माफी माग्दै गगन थापाले भने- अब हामीलाई सच्चिने पर्छ

सारांश

  • भदौ २३ गतेको अकल्पनीय घटनालाई लिएर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका तर्फबाट सार्वजनिक माफी मागेका छन्।
  • शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडिओ सन्देश जारी गर्दै थापाले पार्टीको अनुहारमा दाग लागेको र त्यसलाई पुछ्नुपर्ने बताएका हुन्।
  • ‘भदौ २३ गते हामी कसैले नचाहेको अकल्पनीय घटना भयो,’ उनले भने, ‘हाम्रो पार्टी सरकारमा थियो।

२७ भदौ, काठमाडौं ।

भदौ २३ गतेको अकल्पनीय घटनालाई लिएर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका तर्फबाट सार्वजनिक माफी मागेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडिओ सन्देश जारी गर्दै थापाले पार्टीको अनुहारमा दाग लागेको र त्यसलाई पुछ्नुपर्ने बताएका हुन्। ‘भदौ २३ गते हामी कसैले नचाहेको अकल्पनीय घटना भयो,’ उनले भने, ‘हाम्रो पार्टी सरकारमा थियो। हाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुछ्नुपर्छ।’

उनले भदौ २४ गते पार्टीका कार्यालय र सम्पदामा ठूलो क्षति भएको पनि उल्लेख गरेका छन्। पार्टी सभापतिदेखि सयौं नेतामाथि भौतिक आक्रमण भएको र कार्यकर्ताका घर तथा सम्पत्तिमा आगजनी र तोडफोड भएको उनले बताए। यसलाई स्वाभाविक आक्रोशका रूपमा स्वीकार गर्नुपर्ने भए पनि नियतवश भएका घटनामा संलग्नहरूलाई कानुनको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिएका छन्। महामन्त्री थापाले नयाँ सरकार बनेपछि भदौ २३ र २४ दुवै दिनका अमानवीय घटनाहरूको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने कांग्रेसको माग रहने बताए। थापाले देशलाई वर्तमान संकटबाट बाहिर ल्याउन कांग्रेसले पहल गरिरहेको जानकारी दिए।

विगतमा घाउचोट बिर्सेर माओवादीसँग हात मिलाएको उदाहरण दिँदै उनले अहिले पनि यस्तै पहलकदमी आवश्यक रहेको बताए। ‘यो बेलामा जेनजी आन्दोलनकारी साथीहरूले जे माग राख्नुभएको छ, त्यो मागलाई सम्मान र सम्बोधन गरेर मात्रै देश अघि बढ्न सक्छ,’ उनले भने। आन्दोलनकारीले छानेको व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार बनाउन कांग्रेस तयार रहेको र त्यसका लागि वातावरण बनाइरहेको उनको भनाइ छ। महामन्त्री थापाले कांग्रेस सच्चिने र झन् बलियो भएर उठ्ने बताएका छन्। उनले तीब्र दलीयकरणबाट नेपाली समाजलाई बाहिर निकाल्ने कांग्रेसको लक्ष्य रहेको उल्लेख गरे। पार्टीभित्रका अनावश्यक संस्था अब नराख्ने र गुटउपगुटको अन्त्य गरिने भन्दै उनले पार्टीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सबै साथीहरूलाई उत्तेजना फैलाउनुभन्दा सबैलाई जोड्ने पहल लिन आग्रह पनि गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार दिलभूषण पाठकको घरमा प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग
पत्रकार दिलभूषण पाठकको घरमा प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग
हेटौंडामा पेस्तोल र १९ राउन्ड गोलीसहित तीनजना पक्राउ
हेटौंडामा पेस्तोल र १९ राउन्ड गोलीसहित तीनजना पक्राउ
ज्ञानेन्द्र शाहीको प्रश्न- प्रधानमन्त्रीले सडकमा मान्छे उतारेर आन्दोलन गर्छौं भन्न मिल्छ?
ज्ञानेन्द्र शाहीको प्रश्न- प्रधानमन्त्रीले सडकमा मान्छे उतारेर आन्दोलन गर्छौं भन्न मिल्छ?
बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह
बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह
विराटनगरको होटल इस्टर्न स्टारमा भारतीय नागरिक मृत फेला
विराटनगरको होटल इस्टर्न स्टारमा भारतीय नागरिक मृत फेला
विष्णु गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न
विष्णु गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न
पहाडी र हिमाली क्षेत्रमा आज होली पर्व मनाईँदै
पहाडी र हिमाली क्षेत्रमा आज होली पर्व मनाईँदै
संविधान संशोधन सबैदलको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक
संविधान संशोधन सबैदलको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक
हैदराबादबाट बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २० यात्रुको मृत्यु
हैदराबादबाट बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २० यात्रुको मृत्यु
तातोपानी नाकाबाट भित्रिए सात अर्बका विद्युतीय गाडी
तातोपानी नाकाबाट भित्रिए सात अर्बका विद्युतीय गाडी