सोवितालाई बधाई दिँदै रेनुले भनिन्– कामबाट मन जितेँ, मत जित्न सकिनँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
२८ पटक हेरिएको
Shares
सोवितालाई बधाई दिँदै रेनुले भनिन्– कामबाट मन जितेँ, मत जित्न सकिनँ

सारांश

  • चितवन क्षेत्र नम्बर ३ मा नेकपा उम्मेदवार रेनु दाहालले कामबाट चितवनवासीको मन जिते पनि मत जित्न नसकेको बताएकी छन् ।
  • रास्वपा उम्मेदवार सोविता गौतमलाई बधाई दिँदै उनले भनेकी छन्, ‘मैले कामद्वारा तपाईंहरुको मन त जितेँ तर मत जित्न सकिनँ ।
  • मत जित्ने सोविता गौतमलाई धेरै धेरै बधाई भन्न चाहान्छु ।

 

२३ फागुन,काठमाडौं ।

चितवन क्षेत्र नम्बर ३ मा नेकपा उम्मेदवार रेनु दाहालले कामबाट चितवनवासीको मन जिते पनि मत जित्न नसकेको बताएकी छन् । रास्वपा उम्मेदवार सोविता गौतमलाई बधाई दिँदै उनले भनेकी छन्, ‘मैले कामद्वारा तपाईंहरुको मन त जितेँ तर मत जित्न सकिनँ । मत जित्ने सोविता गौतमलाई धेरै धेरै बधाई भन्न चाहान्छु ।’ रेनुले भरतपुर महानगरपालिकाको मेयरको पाँच वर्षे कार्यकाल बाँकी छँदै राजीनामा दिएर निर्वाचनमा होमिएकी थिइन् ।

उनले चितवनवासीको मत खेर जान नदिने बताएकी छन् । ‘आगामी दिनमा कामद्वारा जनतामा खुशीयाली र चितवनको थप बिकास र समृद्धिका लागि शुभकामना ब्यक्त गर्दछु,’ रेनुले भनेकी छन्, ‘यो सुनामीको लहडमा पनि मलाई विश्वास गरेर मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरुप्रति म ऋणी छु । तपाईंहरूको यो गुन मैले कहिल्यै बिर्सने छैन ।’

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ