Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अब अबुधाबीबाट पनि श्रम स्वीकृति लिन पाइने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २, २०८१
|
|
३२ पटक हेरिएको
Shares
अब अबुधाबीबाट पनि श्रम स्वीकृति लिन पाइने

सारांश

  • सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ ।
  • बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्‌सिंह भण्डारीले उक्त सेवाको सुरुआत गरेका हुन् ।
  • अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवा सुविधाहरुलाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै लैजाने बताए ।

 

२ फागनु, काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्‌सिंह भण्डारीले उक्त सेवाको सुरुआत गरेका हुन् ।

अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवा सुविधाहरुलाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै लैजाने बताए । उनले सम्बन्धित राजदूतावासहरुबाटै श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्थाले नेपाली श्रमिकहरु लाभान्वित हुने,  नेपालमा गइरहनुपर्ने झन्झटबाट मुक्त हुने र आफ्नो पेसा र व्यवसायलाई निरन्तरता दिन सहज हुने विश्वास राखे।

मन्त्री भण्डारीले यो व्यवस्था क्रमैसँग अन्य दूतावासहरुबाट पनि प्रवाह हुने पनि बताए । उनले देशको ठूलो युवाशक्ति वैदेशिक रोजगारीमा रहेको, विप्रेषणको मुख्य स्रोत वैदेशिक रोजगारी भएको परिप्रेक्ष्यमा सरकारले नेपाली श्रमिकको हक, हित र संरक्षणका लागि आवश्यक नीति निर्माण गरी समयानुकूल सेवा सुविधा उपलब्ध गराउन आवश्यक भएको उल्लेख गरे । संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले श्रमिकका लागि दूतावासले गरिरहेका कामबारे जानकारी दिँदै ‘अनलाइन’ श्रम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि नेपाल सरकारले श्रमिकहरुलाई उपलब्ध गराउने सुविधा लिन सहज हुने बताए ।

उले नेपाली राजदूतावास अबुधाबी नेपाली श्रमिकहरुको हकहित संरक्षणमा सधैं प्रतिबद्ध रहेको र सोहीअनुरुप राजदूतावासमा उपलब्ध सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद पनि प्रभावकारी सेवा प्रदान गरेको बताए । राजदूत क्षेत्रीले राजदूतावासका विभिन्न सेवालाई विगतदेखि अनलाइन प्रणालीबाट प्रवाह गरिएको र श्रम स्वीकृति लिने कार्य पनि अनलाइन भएपछि सेवा प्रवाहमा चुस्तता आउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत
राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत
नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट
नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट
​संसदीय छानबिन समितिको कार्यादेशमा सहमति खोज्न बालुवाटारमा शीर्ष नेताको बैठक
​संसदीय छानबिन समितिको कार्यादेशमा सहमति खोज्न बालुवाटारमा शीर्ष नेताको बैठक
जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह
जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह
थाइल्यान्डको औपचारिक भ्रमणबाट स्वदेश फर्किए प्रधानमन्त्री
थाइल्यान्डको औपचारिक भ्रमणबाट स्वदेश फर्किए प्रधानमन्त्री
रोल्पाबाट प्रचण्ड र वर्षमान उम्मेदवार सिफारिस, समानुपातिकतर्फ महरा
रोल्पाबाट प्रचण्ड र वर्षमान उम्मेदवार सिफारिस, समानुपातिकतर्फ महरा
मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्न सिके राउतको माग
मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्न सिके राउतको माग
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीले लिए क्षेत्रगत समस्याको ब्रिफिङ
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीले लिए क्षेत्रगत समस्याको ब्रिफिङ
प्रचण्डलाई योगेशको जवाफ– सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नहोस्
प्रचण्डलाई योगेशको जवाफ– सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नहोस्
विधानको मस्यौदामाथि छलफल गर्न आज पनि माओवादीको स्थायी कमिटी बैठक
विधानको मस्यौदामाथि छलफल गर्न आज पनि माओवादीको स्थायी कमिटी बैठक