राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ ५, २०८३
|
|
२१० पटक हेरिएको
Shares
राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत

सारांश

  • राष्ट्रिय सभाबाट पनि चार वटा अध्यादेश स्वीकृत भएको छ ।
  • शुक्रबार बसेको बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृतका लागि प्रस्तुत भएको थियो ।
  • जसलाई सभाले स्वीकृत गरेको हो ।

५ असार, काठमाडौं ।

राष्ट्रिय सभाबाट पनि चार वटा अध्यादेश स्वीकृत भएको छ । शुक्रबार बसेको बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृतका लागि प्रस्तुत भएको थियो ।

जसलाई सभाले स्वीकृत गरेको हो । यसअघि आजै प्रतिनिधिसभाले पनि यी चार वटा अध्यादेश स्वीकृत गरेको थियो । राष्ट्रिय सभामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन । तथापि, राष्ट्रिय सभाले सरकारले ल्याएका अध्यादेशलाई स्वीकृत गरेर अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला गरिदिएको छ । सरकारले संघीय संसद्को चालू अधिवेशन सुरु हुनु अगाडि ८ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेशहरू अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश भएका थिए । यसमध्ये चार वटा अध्यादेश मात्रै शुक्रबार राष्ट्रिय सभा र प्रतिनिधिसभाले स्वीकृत गरिदिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टीबी शाह यू- १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशलाई
टीबी शाह यू- १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशलाई
काठमाडौंमा यी क्षेत्रमा सवारी जामको सम्भावना, यात्रु गर्नु पहिले यसरी लिनुहोस् ट्राफिक अपडेट
काठमाडौंमा यी क्षेत्रमा सवारी जामको सम्भावना, यात्रु गर्नु पहिले यसरी लिनुहोस् ट्राफिक अपडेट
होली पर्व भव्य र सभ्य रुपले मनाउन युवा नेता दुबेको आग्रह
होली पर्व भव्य र सभ्य रुपले मनाउन युवा नेता दुबेको आग्रह
रास्वपा उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध चुनिए
रास्वपा उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध चुनिए
उद्यमी र मध्यमवर्गीय परिवारको बोझ घटाइने
उद्यमी र मध्यमवर्गीय परिवारको बोझ घटाइने
नेकपा माओवादीको समाजवादी जागरण अभियान धनुषामा
नेकपा माओवादीको समाजवादी जागरण अभियान धनुषामा
दुुई वर्षदेखि तलब नपाएको भन्दै खाँडाचक्रका कर्मचारीले गरे तालाबन्दी
दुुई वर्षदेखि तलब नपाएको भन्दै खाँडाचक्रका कर्मचारीले गरे तालाबन्दी
दमक भ्यू टावरलाई शुल्क लिएर सञ्चालन गर्न सरकारले दियो स्वीकृति
दमक भ्यू टावरलाई शुल्क लिएर सञ्चालन गर्न सरकारले दियो स्वीकृति
वीरगञ्ज नाकाबाट २ महिनामै २६ अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाकाबाट २ महिनामै २६ अर्बको पेट्रोलियम पदार्थ आयात
असार १५ : आज राष्ट्रिय धान दिवस मनाइँदै , किसानलाई मलकै पिरलो
असार १५ : आज राष्ट्रिय धान दिवस मनाइँदै , किसानलाई मलकै पिरलो