एनआरएनएको एकताबाट नेपालका राजनीतिक दलहरुले सिक्नुपर्छ : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १४, २०८२
|
|
२० पटक हेरिएको
Shares
एनआरएनएको एकताबाट नेपालका राजनीतिक दलहरुले सिक्नुपर्छ : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली संघ(एनआरएनए)को एकतापछि यस्तै एकता राजनीतिक दलहरुमा पनि आवश्यक रहेको बताएकी छिन् ।
  • आइतबार गैरआवासीय नेपाली संघ(एनआरएनए)को बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरु पदका लागि एकआपसमा फुटेको भन्दै मेलमिलापको आवश्यक परेको बताएकी हुन् ।
  • उनले भनिन्, ‘एनआरएनएहरुको यो उपस्थितीले बलियो बन्ने देखिएको छ ।

१४ मंसिर, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली संघ(एनआरएनए)को एकतापछि यस्तै एकता राजनीतिक दलहरुमा पनि आवश्यक रहेको बताएकी छिन् ।आइतबार गैरआवासीय नेपाली संघ(एनआरएनए)को बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरु पदका लागि एकआपसमा फुटेको भन्दै मेलमिलापको आवश्यक परेको बताएकी हुन् ।

उनले भनिन्, ‘एनआरएनएहरुको यो उपस्थितीले बलियो बन्ने देखिएको छ । तपाइँहरु एक हुनुभएको छ, यो राम्रो सन्देश हो । पदका कुरालाई लिएर हाम्रा राजनीतिक दलहरुमा के भईरहेको छ तपाईहरुलाई थाहा नै छ । पदका लागि एकआपसमा छिनाझपटी गर्न राम्रो होइन् । कमसेकम तपाईहरु मिलेजस्तो दलहरुमा पनि मेलमिलापको आवश्यक छ । नेता–नेता फुटेको देखिन्छ । विभिन्न दलहरुको एकआपसमा पानी बाराबार देखिन्छ । त्यस्तोले देश चल्दैन । तपाईहरु मिल्नुभयो यो पनि राजनीतिक दलहरुका लागि उदाहरण हो ।’

उनले एनआरएनएहरुको नेपालीले पाउने नागरिकताबाट त्यो अभाव भएपनि नेपालप्रति आफ्नो सद्भाव कम हुन नदिएको बताइन् । ‘मेरो सल्लाह के छ भने तपाईहरु नेपाली हुँ भनेर नेपालप्रति जति सद्भाव देखाउनुहुन्छ त्यति तपाईहरुले नेपाली होइन भनी नेपालीले पाउने नागरिकताबाट त्यो अभाव बन्छ जस्तो मलाई लाग्दैन । किनभने जसले पनि आफ्नो मान्छेलाई आफ्नै मान्छेले बनाउँछ । जो नेपाली जहाँ रहेपनि नेपाली नै हो,’उनले भनिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश
रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश
७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो
७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो
आज नौवटा संसदीय समितिका बैठक बस्दै, यी विषयमा हुनेछ छलफल
आज नौवटा संसदीय समितिका बैठक बस्दै, यी विषयमा हुनेछ छलफल
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृ*त्यु, चार घाइते
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृ*त्यु, चार घाइते
जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ
एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त
एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त
प्रचण्ड सरकारले ११ हजार नक्कली भूकम्प पीडित खडा गरेको प्रधानमन्त्री ओलीको आरोप
प्रचण्ड सरकारले ११ हजार नक्कली भूकम्प पीडित खडा गरेको प्रधानमन्त्री ओलीको आरोप
बेलायतमा निधन भएका नेपाली विद्यार्थीको सम्झनामा श्रद्धान्जली सभा
बेलायतमा निधन भएका नेपाली विद्यार्थीको सम्झनामा श्रद्धान्जली सभा
विराटनगरमा गुडिरहेको टिपरमा आगलागी
विराटनगरमा गुडिरहेको टिपरमा आगलागी
दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ
दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ