रास्वपाले बोलायो संसदीय दलको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २, २०८३
|
|
२४० पटक हेरिएको
Shares
रास्वपाले बोलायो संसदीय दलको बैठक

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
  •  रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे संसदीय दलको बैठक बस्नेछ ।
  • बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

२ वैशाख, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे संसदीय दलको बैठक बस्नेछ । बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।  बिहीबार संसदीय समितिका सभापतिहरूमा मनोनयन दर्ताको समय छ । त्यसअगाडि रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो ।

गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए । यसअनुसार बिहीबार सभापतिहरूमा मनोनयन दर्ता हुन लागेको हो ।

संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।  राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य हालसम्मकै उच्च
सुनको मूल्य हालसम्मकै उच्च
सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छः सञ्चारमन्त्री खरेल
सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छः सञ्चारमन्त्री खरेल
सांसद सुनारले सदनमा उठाए सोती घटना, दलितमाथि भइरहेका अत्याचारप्रति ध्यानाकर्षण
सांसद सुनारले सदनमा उठाए सोती घटना, दलितमाथि भइरहेका अत्याचारप्रति ध्यानाकर्षण
४ हजार १ सयले सुनको मूल्य बढ्दा चाँदीको मूल्य कति पुग्यो?
४ हजार १ सयले सुनको मूल्य बढ्दा चाँदीको मूल्य कति पुग्यो?
भौतिक पुनर्निर्माण कोषमा निर्माण व्यवसाय विकास परिषद्‍को एक करोड सहयोग
भौतिक पुनर्निर्माण कोषमा निर्माण व्यवसाय विकास परिषद्‍को एक करोड सहयोग
इरान र अमेरिकाबीच वार्ताको प्रयासः इरानी विदेशमन्त्री पाकिस्तानमा
इरान र अमेरिकाबीच वार्ताको प्रयासः इरानी विदेशमन्त्री पाकिस्तानमा
वर्षा र हावाहुरीका कारण १५ प्रतिशत धान बालीमा क्षति
वर्षा र हावाहुरीका कारण १५ प्रतिशत धान बालीमा क्षति
सामाजिक सञ्जालबाट भ्रम फैलाए कारबाही हुन्छ : गृह मन्त्रालय
सामाजिक सञ्जालबाट भ्रम फैलाए कारबाही हुन्छ : गृह मन्त्रालय
वीरगन्ज महानगरको बजेट बढ्यो, पर्यटन, शिक्षा र स्वास्थ्य प्राथमिकतामा
वीरगन्ज महानगरको बजेट बढ्यो, पर्यटन, शिक्षा र स्वास्थ्य प्राथमिकतामा
झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी
झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी