शिक्षकको तलब मासिक रुपमा नियमित उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३, २०८१
|
|
२५ पटक हेरिएको
Shares
शिक्षकको तलब मासिक रुपमा नियमित उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन

सारांश

  • आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ‘विद्यालय शिक्षा विधेयक–२०८०’को छलफलमा उहाँले शिक्षकको नियमित रूपमा शिक्षकहरूलाई तलबको व्यवस्था गरिने बताउनुभयो ।
  • “३९ स्थानीय तहले शिक्षकको तलब नदिएको भन्ने मन्त्रालयमा गुनासो आएको थियो”, उहाँले भन्नुभयो, “हामीले ती स्थानीय तहका प्रमुखलाई नियमित रूपमा तलबको व्यवस्था गर्न निर्देशन दिएका छौँ ।
  • ” साथै उहाँले विद्यालय शिक्षकको दरबन्दी पुनरावलोकन गरिने बताउनुभयो ।

३ पुस, काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टरार्ईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताउनुभएको छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ‘विद्यालय शिक्षा विधेयक–२०८०’को छलफलमा उहाँले शिक्षकको नियमित रूपमा शिक्षकहरूलाई तलबको व्यवस्था गरिने बताउनुभयो ।

“३९ स्थानीय तहले शिक्षकको तलब नदिएको भन्ने मन्त्रालयमा गुनासो आएको थियो”, उहाँले भन्नुभयो, “हामीले ती स्थानीय तहका प्रमुखलाई नियमित रूपमा तलबको व्यवस्था गर्न निर्देशन दिएका छौँ । ” साथै उहाँले विद्यालय शिक्षकको दरबन्दी पुनरावलोकन गरिने बताउनुभयो । बाल विकास शिक्षा कार्यक्रमलाई व्यवस्थित गर्न कार्यदल गठन भएको जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले बुझाएको प्रतिवेदन अपूर्ण भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः छानबिन गर्नुपर्नेमा जोड दिनुभएको बताउनुभयो । “आयोगको म्याद हामीले दुईपटक थप गर्यौँ । तर आयोगले बुझाएको प्रतिवेदनमा अझ धेरै काम गर्न बाँकी रहेको देखिएको छ”,

उहाँले भन्नुभयो,– “आयोगको प्रतिवेदनका आधारमा धेरै जग्गा खोज्नुपर्ने स्थिति छ । ” शिक्षा विधेयकमा दफावार छलफल समितिमा विद्यालय शिक्षा विधेकय,२०८० मा दफावार छलफल पूरा भएको छ । समिति सदस्य सुमना श्रेष्ठले शिक्षण पेसालाई आकर्षक बनाउनुपर्नेमा जोड दिँदै शिक्षकलाई नियमित रूपमा मासिक तलब दिनुपर्ने बताउनुभयो । अर्की सदस्य ज्ञानु बस्नेत सुवेदीले निःशुल्क शिक्षालाई कार्यान्वयन गर्नुपर्छ भन्नुभयो । दफावार छलफलमा समिति सदस्यहरू वीना जैसवाल, विनिताकुमारी सिंह र रामप्रकाश चौधरीले भाग लिनुभएको थियो । विधेयकमा समितिका सदस्यहरुले एक सय नौ वटा संशोधन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट
प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट
२००८ पछि जन्मेकाले बेलायतमा जीवनभर चुरोट किन्न नपाउने
२००८ पछि जन्मेकाले बेलायतमा जीवनभर चुरोट किन्न नपाउने
रौतहटमा नक्कली नोटसहित दुई युवक पक्राउ
रौतहटमा नक्कली नोटसहित दुई युवक पक्राउ
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन
उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबिच शिष्टाचार भेटवार्ता
उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबिच शिष्टाचार भेटवार्ता
शेखर पक्षका सांसदले खाली पानामा हस्ताक्षर गरेनन्
शेखर पक्षका सांसदले खाली पानामा हस्ताक्षर गरेनन्
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन यात्रा
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन यात्रा
शारीरिक श्रमलाई मात्र श्रम संस्कृति भनेर बुझ्नु गलत : हर्क साम्पाङ
शारीरिक श्रमलाई मात्र श्रम संस्कृति भनेर बुझ्नु गलत : हर्क साम्पाङ
अफगानिस्तानमा ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु
अफगानिस्तानमा ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु
एमालेको प्रथम केन्द्रीय कमिटी बैठकमा ओली- आर्मीले मार्च गरेजस्तो ताल मिलाएर अगाडि बढ्नेछौँ
एमालेको प्रथम केन्द्रीय कमिटी बैठकमा ओली- आर्मीले मार्च गरेजस्तो ताल मिलाएर अगाडि बढ्नेछौँ