आइसिसीको अध्यक्षमा जय शाहा निर्विरोध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १२, २०८१
|
|
२७ पटक हेरिएको
Shares
आइसिसीको अध्यक्षमा जय शाहा निर्विरोध

सारांश

  • भारतीय गृहमन्त्री अमित शाहका छोरा तथा बिसिसिआई सेक्रेटरी रहेका उनी आइसिसीको अध्यक्षमा निर्विरोध चयन भएका हुन्।
  • अध्यक्षमा शाहकोविरुद्धमा कसैले उम्मेदवारी दर्ता नगरेपछि उनी निर्विरोध चयन भए।
  • उनले अब निर्वतमान अध्यक्ष ग्रेग बार्कलेको स्थान लिनेछन्।

भारतका ३५ वर्षीय जय शाहा आइसिसीको अध्यक्षमा निर्विरोध चयन भएका छन्।भारतीय गृहमन्त्री अमित शाहका छोरा तथा बिसिसिआई सेक्रेटरी रहेका उनी आइसिसीको अध्यक्षमा निर्विरोध चयन भएका हुन्। अध्यक्षमा शाहकोविरुद्धमा कसैले उम्मेदवारी दर्ता नगरेपछि उनी निर्विरोध चयन भए। उनले अब निर्वतमान अध्यक्ष ग्रेग बार्कलेको स्थान लिनेछन्। शाहले १ डिसेम्बरबाट पदको जिम्मेवारी समाल्ने छन्। अब बिसीसीआइको सचिव पदमा उनको स्थान अरुण जेट्लीका छोरा तथा दिल्ली क्रिकेट एसोसिएशनका अध्यक्ष रोहन जेट्ली बन्न सक्ने भारतीय सञ्चारमाध्यामले जनाएका छन्।आइसिसीका वर्तमान अध्यक्ष न्यूजिल्यान्डका बार्कलेको कार्यकाल भने आगामी ३० नोभेम्बर मा सकिँदै छ। आइसिसीले गत २० अगस्टमा बार्कले लगातार तेस्रो कार्यकाल आइसिसीको अध्यक्ष नबन्ने जानकारी गराएको थियो। उनले २०२० देखि आइसिसीको अध्यक्षको जिम्मेवारी समालेका थिए। उनी २०२२ मा दोस्रो पटक अध्यक्षमा चयन भएका थिए। आइसिसीमा तीन पटक सम्म एकै व्यक्ति अध्यक्ष हुन सक्ने प्रावधान रहेको छ।  आइसिसीले नयाँ अध्यक्ष चयनका लागि २७ अगस्टसम्म मनोनयनको मिति तय गरेको थियो।जय शाह बाहेक कसैलेपनि यो पदमा मनोनयन दर्ता नगर्दा उनी निर्विरोध हुन सफल भए। निर्विरोध अध्यक्ष भएपछि शाहाले भने,’मलाई आइसिसीको अध्यक्ष बनाउनु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु। क्रिकेटलाई विश्वव्यापी बनाउन मेरो निरन्तर र सक्रिय भूमिका रहने छ।’ उनले क्रिकेटलाई ट्याक्नोलोजीसँग जोड्नका लागि अझै धेरै काम गर्नुपर्ने भएकाले त्यसका लागि सक्रिय हुने बताए। जय शाह यसअघि २०१९ मा पहिलो पटक बिसिसिआईको अध्यक्ष बनेका थिए। २०२२ मा दोस्रो कार्यकालका लागि चुनिएका उनको २०२५ मा ६ वर्षको कार्यकाल पूरा हुने थियो। तर उनले बिचमै राजीनामा दिएर आइसीसीको अध्यक्ष बन्ने घोषणा गरेका थिए। शाहा भारतबाट आइसिसीको अध्यक्ष बन्ने पाँचौँ ब्यक्ति बनेका छन्। उनले कार्यभार समाल्ने बेलामा उनी ३६ वर्षाका हुने छन्। उनी सर्वाधिक युवा उमेरमा आइसिसीको अध्यक्ष बन्ने ब्यक्तिसमेत बनेका छन्। उनी आइसीसीका १६ औं अध्यक्ष हुन्। यसअघि सबै १५ अध्यक्षहरुको उमेर ५५ वर्षभन्दा माथि रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटनामा परेर युवाको मृत्यु
मोटरसाइकल दुर्घटनामा परेर युवाको मृत्यु
नेपाल हुँदै अवैध रूपमा भारत प्रवेश गर्न लागेका उज्बेकिस्तानी महिला र नेपाली युवक पक्राउ
नेपाल हुँदै अवैध रूपमा भारत प्रवेश गर्न लागेका उज्बेकिस्तानी महिला र नेपाली युवक पक्राउ
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन निर्देशक ठाकुर पक्राउ
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन निर्देशक ठाकुर पक्राउ
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
नौ महिनामा गाडी दुर्घटनामा १७४ जनाको मृ*त्यु, आधाभन्दा बढी युवा
नौ महिनामा गाडी दुर्घटनामा १७४ जनाको मृ*त्यु, आधाभन्दा बढी युवा
विश्वकप छनोट: कतारसँग नेपाल ५ रनले विजयी 
विश्वकप छनोट: कतारसँग नेपाल ५ रनले विजयी 
कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ
कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ
एमाले जिल्ला कमिटी सदस्य घले एमाले त्यागेर माओवादी प्रवेश
एमाले जिल्ला कमिटी सदस्य घले एमाले त्यागेर माओवादी प्रवेश
मौलापुरका मेयरलाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश
मौलापुरका मेयरलाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश
विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै
विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै