सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
४८ पटक हेरिएको
Shares
कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ

सारांश

  • खैरो हेरोइनजस्तो देखिने लागुऔषधसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–८ बस्ने २० वर्षीय सुरेश विष्ट, भीमदत्त नगरपालिका–१० बस्ने २३ वर्षीय लोकेन्द्र चन्द, डोटीको दिपायल सिलगढी नगरपालिका–८ बस्ने १९ वर्षीय रिजन कठायत र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने १८ वर्षिया आशिका सिजापति रहेका छन् ।
  • उनीहरूलाई धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको एनएस होटेलमा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

 

२६ चैत, कैलाली —

कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ परेका छन् । खैरो हेरोइनजस्तो देखिने लागुऔषधसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–८ बस्ने २० वर्षीय सुरेश विष्ट, भीमदत्त नगरपालिका–१० बस्ने २३ वर्षीय लोकेन्द्र चन्द, डोटीको दिपायल सिलगढी नगरपालिका–८ बस्ने १९ वर्षीय रिजन कठायत र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने १८ वर्षिया आशिका सिजापति रहेका छन् ।

उनीहरूलाई धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको एनएस होटेलमा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट ३ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । वडा न.–४ शिवपुरी टोलमा खटिएको अस्थायी प्रहरी पोस्टले पनि सोही ठाउँ बस्ने रेश्मी कार्की (२९), किरण मगर (२४) र डोटीको दिपायल सिलगढी नगरपालिका–६ का सुजन खड्का (१९) लाई पक्राउ गरेको हो । रेश्मी कार्कीको साथबाट ५० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो धुलो फेला परेको प्रहरीले जनाएको छ ।

उता, भजनी नगरपालिका–८ जनकपुरमा प्रहरी चौकी भजनीबाट खटिएको टोलीले सोही ठाउँ बस्ने अमित चौधरी (२२) को साथबाट ६० मिलिग्राम, उनको घरबाट थप ३० मिलिग्राम र उनीसँगै रहेका १८ वर्षका किशोरको साथबाट २८० मिलिग्राम लागुऔषध बरामद गरेको छ । सम्बन्धित सबै घटनामा पक्राउ परेका व्यक्तिहरू विरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब गाली खाएर बस्ने होइन, व्यक्तिको अपराधको भारी पार्टीले बोक्दैन : गगन थापा
अब गाली खाएर बस्ने होइन, व्यक्तिको अपराधको भारी पार्टीले बोक्दैन : गगन थापा
नेपाल एयरलाइन्सले घटायो हवाई भाडा
नेपाल एयरलाइन्सले घटायो हवाई भाडा
सर्लाहीमा एसइइ दिने ११ हजार ३७१ परीक्षार्थी
सर्लाहीमा एसइइ दिने ११ हजार ३७१ परीक्षार्थी
साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव
साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव
नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा सुनुवाइ जारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा सुनुवाइ जारी
ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री पूर्ण प्रतिबन्ध
ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री पूर्ण प्रतिबन्ध
प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक
प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक
एमाले मधेश सरकारबाट समर्थन फिर्ता लिँदै
एमाले मधेश सरकारबाट समर्थन फिर्ता लिँदै
आज विश्व प्रेस स्वतन्त्रता दिवसः राष्ट्रपतिले दिए शुभकामना
आज विश्व प्रेस स्वतन्त्रता दिवसः राष्ट्रपतिले दिए शुभकामना
ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक
ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक