नेतृत्व परिवर्तन नहुने हो भने कांग्रेसप्रति आकर्षण बढ्नसक्दैनः प्रदीप पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १९, २०८२
|
|
३२ पटक हेरिएको
Shares
नेतृत्व परिवर्तन नहुने हो भने कांग्रेसप्रति आकर्षण बढ्नसक्दैनः प्रदीप पौडेल

सारांश

  • नेपाली काङ्ग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नेतृत्व यथावत राखेर कांग्रेस पार्टीप्रति आकर्षण बढ्न नसक्ने उल्लेख गरेका छन् ।
  • बुधबार राष्ट्रिय एकताको लागि नागरिक पहलको आयोजनमा भएको राष्ट्रहित सर्वोपरि सम्मेलन २०८२ मा ‘बदलिँदो राजनीति ः सच्चिदै की सक्किदै दल ?
  • ’विषयक बहसमा उनले जेनजी आन्दोलनको पहिलो सर्त र अपेक्षा अनुसार सुधार गर्नुपर्ने पहिलो कुरा नेतृत्व परिवर्तन भएको भन्दै त्यो बिना पार्टी अगाडि बढ्ने सम्भावना कम रहेको बताए ।

१९ कात्तिक, काठमाडौं ।

नेपाली काङ्ग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नेतृत्व यथावत राखेर कांग्रेस पार्टीप्रति आकर्षण बढ्न नसक्ने उल्लेख गरेका छन् । बुधबार राष्ट्रिय एकताको लागि नागरिक पहलको आयोजनमा भएको राष्ट्रहित सर्वोपरि सम्मेलन २०८२ मा ‘बदलिँदो राजनीति ः सच्चिदै की सक्किदै दल ?’विषयक बहसमा उनले जेनजी आन्दोलनको पहिलो सर्त र अपेक्षा अनुसार सुधार गर्नुपर्ने पहिलो कुरा नेतृत्व परिवर्तन भएको भन्दै त्यो बिना पार्टी अगाडि बढ्ने सम्भावना कम रहेको बताए ।

उनले भने, ‘नेतृत्व परिवर्तन अनिवार्य छ । नेतृत्व यथावत राखेर हाम्रो पार्टीप्रति आकर्षण बढ्न सक्दैन् । जेनजी आन्दोलनको पहिलो सर्त, हामीले सुधार गर्नुपर्ने पहिलो कुरा नेतृत्व परिवर्तन हो । परिवर्तन कुर्सिबाट निकाल्दैमा हुदैँन् । त्यसको विधि हुन्छ र त्यो विधि निर्वाचनभन्दा अगाडि घोषणा गरियोस पहिलो कुरा, दोस्रो कुरा जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार हो । भ्रष्टाचार नियन्त्रण गर्ने सवालमा प्रभावकारी नीतिहरु बनाउने कसरी हो त्यसमा हामी प्रष्ट बनौं । यसको लागि हामीमाथि पनि छानबिन गर्न हामी नै सहयोग गरौं ।’ यस्तै, उनले अहिले पार्टी भित्र नीतिगत पक्षमा गम्भिर हुन नसकेको कुरालाई सम्बोधन गर्ने र चुनावसम्म केही नगर्ने चुनाव पनि छलफल गर्ने भन्ने खालको दुई मत आएको पनि बताए ।

उनले भने, ‘काङ्ग्रेस र एमाले मिल्यो भयो त स्थिरता संसदीय प्रक्रियाबाट फाल्न नसकेपछि सडकबाट फालिने अवस्था आयो यसरी पनि भएन । हामीले संविधान संशोधन गर्न मिल्यौ भनेर भन्यौ तर के भयो त त्यसकारण नीतिगत पक्षमा जति गम्भिर हुनुपर्ने हो त्यती हुन सकेनौ यसलाई सम्बोधन गरौं भन्ने एउटा मत छ अर्को मत चुनाव आइ सकेको छ चुनावसम्म केही गर्न सक्दैनौ चुनाव पनि छलफल गरौला भन्ने छ ।’ साथै, सरकारमा भएको हिसाबले २३ र २४ गते भएको खबरदारी काङ्ग्रेस लक्षित पनि भएको कुरा पार्टीको नेतृत्वले पार्टी बचाउनको लागि पनि ख्याल गर्नुपर्ने विषय भएको पनि उनको भनाई छ ।

उनले भने, ‘सरकारमा भएको हिसाबले २३ र २४ गते भएको खबरदारी काङ्ग्रेस लक्षित पनि हो । सधैँ भर क्रान्तिको नेतृत्व गरेको पार्टी हो काङ्ग्रेस तर त्यो दुई दिन काङ्ग्रेसको विरुद्धमा पनि जनता आएका थिए । कम्तीमा हाम्रो पार्टीको नेतृत्वले यति कुरा पार्टी बचाउनको लागि पनि ख्याल गर्नुपर्छ । यो कुरा पनि बुझिएन भने त्यो बेला सिंहदरबार जल्यो, सर्वोच्च अदालत जल्यो, राष्ट्रपतिको कार्यालय पनि जल्यो त्यसकारण त्यहाँ हिंसा थियो तर त्यहाँभित्र कुनै राजनीतिक मुद्धा थिएन्, त्यो एकदमै गलत कुरा हुन्छ । पहिलो कुरा जेनजीको कोमल हातले ती जलेका कुनै पनि संरचना जलेका होईनन् ।’

उनले भदौ २३ र २४ गतेको आन्दोलन नेपालमा भई आएको हो, केही छिटपुट घटना भएको हो त्यसलाई धेरै ख्याल गर्नु पर्दैन्, त्यसबाट केही सचेतता अपनाउन पर्ने पाठ सिक्नु पर्ने विषय छैन् भन्ने खालको कसैले बुझाई राख्छ भने त्यो आफै समाप्त हुने पनि बताए । उनले भने, ‘भदौ २३ र २४ गतेको जुन अवस्था नेपालमा बन्यो, त्यस्ता आन्दोलनहरु नेपालमा भई आएको हो, केही छिटपुट घटना भएको हो त्यसलाई धेरै ख्याल गर्नु पर्दैन्, त्यसबाट केही सचेतता अपनाउन पर्ने पाठ सिक्नु पर्ने विषय छैन् भन्ने खालको कसैले बुझाई राख्छ भने त्यो आफै समाप्त हुन्छ । त्यो चाहे दल होस चाहे राजनीतिक व्यक्ति नै होस, त्यो बेला काङ्ग्रेस पनि सरकारमा थियो र सरकारको मन्त्रीको हैसियतले २३ गतेको घटनामा सरकारको जिम्मेवारी हुन्छ, त्यसबापत् मैले पाउनु पर्ने दण्ड म भोग्न तयार छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता
सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता
माधव नेपालको बयान सकियो, थुनछेक बहस सुरु हुँदै
माधव नेपालको बयान सकियो, थुनछेक बहस सुरु हुँदै
नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन बालेनले लेखे पत्र
नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन बालेनले लेखे पत्र
संसद् विघटनको मुद्दा हेर्न संवैधानिक इजलास गठन
संसद् विघटनको मुद्दा हेर्न संवैधानिक इजलास गठन
न्युजील्याण्डका विदेशमन्त्री पिटर्स दुई दिने औपचारीक भ्रमणमा नेपाल आउदै
न्युजील्याण्डका विदेशमन्त्री पिटर्स दुई दिने औपचारीक भ्रमणमा नेपाल आउदै
मन्त्रीपरिषद्‌बाट राष्ट्रिय खेलकुद नीति स्वीकृत
मन्त्रीपरिषद्‌बाट राष्ट्रिय खेलकुद नीति स्वीकृत
अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार छ : सोविता गौतम
अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार छ : सोविता गौतम
सिरहामा मोटरसाइकलले छोएको निहुँमा युवकमाथि खुकुरी प्रहार
सिरहामा मोटरसाइकलले छोएको निहुँमा युवकमाथि खुकुरी प्रहार
कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन्: मन्त्री खरेल
कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन्: मन्त्री खरेल
एकैपटक ११ कानुन तथा नीति ल्याउने तयारीमा स्वास्थ्य मन्त्रालय
एकैपटक ११ कानुन तथा नीति ल्याउने तयारीमा स्वास्थ्य मन्त्रालय