मन्त्री सुधा गौतमले रुँदै भनिन् : जेनजी आन्दोलन व्यर्थ नजाओस्

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक १०, २०८२
|
|
३० पटक हेरिएको
Shares
मन्त्री सुधा गौतमले रुँदै भनिन् : जेनजी आन्दोलन व्यर्थ नजाओस्

सारांश

  • नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.
  • सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) अवलोकन गरेकी छन् ।
  • उनले अवलोकनको क्रममा जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।

मन्त्री सुधा गौतमले रुँदै भनिन् : जेनजी आन्दोलन व्यर्थ नजाओस्

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) अवलोकन गरेकी छन् । उनले अवलोकनको क्रममा जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।

अवलोकनका क्रममा घाइतेहरूसँग भेट्दा मन्त्री गौतम भावुक बनेकी थिइन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आँसु झार्दै भनिन्, ‘घाइतेहरुलाई हेर्दाखेरी साँच्चिकै गाह्रो भयो । यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ । जसले सरकारको विरोध गर्नु हुन्छ वा चुनाव भाड्न खोज्नु हुन्छ, त्यो कहिले पनि नगर्नुस्, म अनुरोध गर्न चाहन्छु ।’

उनको भावुकता देखेर उपस्थित सबै भावुक भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ