Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कसले के गर्दा नेपाल ग्रे लिस्टमा पर्‍यो, छिट्टै सदनमा प्रस्तुत गर्छु : अर्थमन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २२, २०८१
|
|
३५ पटक हेरिएको
Shares
कसले के गर्दा नेपाल ग्रे लिस्टमा पर्‍यो, छिट्टै सदनमा प्रस्तुत गर्छु : अर्थमन्त्री पौडेल

सारांश

  • बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले नेपाल ग्रे लिस्टमा अहिलेको सरकारको कारण नभइ यसअघिको सरकारले गरेका कामहरुको नतिजाले परेको बताएका हुन्।
  • उनले कसले के काम गर्दा नेपाल ग्रे लिस्टमा पर्‍यो भन्नेबारेमा संसदमै सचित्र वर्णन गर्ने बताए।
  • उनले कुनकुन कालखण्डमा कसले कसले के गरेका छन्?

 

२२ फागुन, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल ग्रे लिस्टमा पर्नुको सचित्र वर्णन सदनमा प्रस्तुत गर्ने प्रतिवद्धता जनाएका छन्। बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले नेपाल ग्रे लिस्टमा अहिलेको सरकारको कारण नभइ यसअघिको सरकारले गरेका कामहरुको नतिजाले परेको बताएका हुन्। उनले कसले के काम गर्दा नेपाल ग्रे लिस्टमा पर्‍यो भन्नेबारेमा संसदमै सचित्र वर्णन गर्ने बताए।

उनले कुनकुन कालखण्डमा कसले कसले के गरेका छन्? कुन कालखण्डमा के भयो र नेपाल ग्रे लिस्टमा भएन? कुन कालखण्डमा कसले काम गर्‍यो र यो ग्रे लिस्टमा पर्‍यो भन्नेकुराको वर्णन छिटै गर्ने पनि बताए। उनले भने, ‘नेपाल ग्रे लिस्टमा परेको कुरा गर्नुभयो। ग्रे लिस्टको सम्बन्धमा मैले हिजो पनि भनेको छु। नेपालले खासगरी सम्पती शुद्धिकरणको अफवादमा संलग्न हुनेहरुको बिरुद्धमा कस्तो कस्तो अभ्यास, कानूनी प्रवन्ध, नियमावलीको व्यवस्था गरेको छ। कस्तो संरचना निर्माण भएको छ। कुनकुन कालखण्डमा कसले कसले के गरेका छन्। कुन कालखण्डमा के भयो र नेपाल ग्रे लिस्टमा भएन? कुन कालखण्डमा कसले काम गर्‍यो र यो ग्रे लिस्टमा पर्‍यो भन्नेकुराको म सचित्र वर्णन सम्मानित सभा समक्ष गर्न चाहन्छु।’

उनले थपे, ‘यो ग्रे लिस्ट यो सरकार आएपछिको ग्रे लिस्ट होइन। यो सरकार आएपछि मुलुक ग्रे लिस्टमा गएको होइन। यो ग्रे लिस्टको नतिजा त इक्जाम सकिएर रिजल्ट तयार भइसकेको थियो। त्यो परीक्षा भएर नतिजा तयार भएको कुरा फ्रान्समा टाँसिएको हो। हिजो कुन समयमा के काम हुनुपर्ने हो त्यो काम नभएका कारण भएको हो। सम्पती शुद्धिकरण सम्बन्धी अपराधलाई नियन्त्रण गर्ने सिलसिलामा नेपालले आउने दिनमा प्रभावकारी ढंगले काम गर्दछ।’ दुई वर्षको समय नलिइ छोटो समयमै ग्रे लिस्टबाट बाहिर आउने प्रक्रियामा नेपाल रहेको मन्त्री पौडेलले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बारा र धनुषामा मोटरसाइकल दु*र्घटना हुँदा २ जनाको मृ*त्यु
बारा र धनुषामा मोटरसाइकल दु*र्घटना हुँदा २ जनाको मृ*त्यु
अमेरिकामा भीषण आँधी, कम्तीमा २७ जनाको मृ*त्यु
अमेरिकामा भीषण आँधी, कम्तीमा २७ जनाको मृ*त्यु
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड
समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड
प्रधानमन्त्री बालेन आज पनि संसद बैठकमा नजाने
प्रधानमन्त्री बालेन आज पनि संसद बैठकमा नजाने
आज प्रतिनिधि सभा बैठक बस्दै
आज प्रतिनिधि सभा बैठक बस्दै
पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल
पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल
रोलक्रम मिचेर प्रधानन्यायाधीश बन्न खोजेका तिलप्रसादको जग हँसाउने फैसला, सरकार गयो पुनरवलोकनमा
रोलक्रम मिचेर प्रधानन्यायाधीश बन्न खोजेका तिलप्रसादको जग हँसाउने फैसला, सरकार गयो पुनरवलोकनमा
प्रधानमन्त्री अस्वस्थ, सांसद्सँग प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो
प्रधानमन्त्री अस्वस्थ, सांसद्सँग प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ