Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सुनचाँदी व्यवसायी संघ सर्लाहीको निर्वाचनमा धाँधलीको आरोप

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ४, २०८१
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • सुनचाँदी व्यवसायी संघ सर्लाहीको निर्वाचनमा धाँधली भएको आरोप सार्वजनिक भएको छ।
  • संघका अध्यक्ष विनय कुमार साहले नयाँ कार्यसमिति चयनको क्रममा अनियमितता र फर्जी तरिकाले भएको दाबी गरेका छन्।
  • सर्लाहीमा सुनचाँदी व्यवसायीहरू दुई गुटमा विभाजित भएका छन्।

 

४ कार्तिक , सर्लाही । सुनचाँदी व्यवसायी संघ सर्लाहीको निर्वाचनमा धाँधली भएको आरोप सार्वजनिक भएको छ। संघका अध्यक्ष विनय कुमार साहले नयाँ कार्यसमिति चयनको क्रममा अनियमितता र फर्जी तरिकाले भएको दाबी गरेका छन्।

सर्लाहीमा सुनचाँदी व्यवसायीहरू दुई गुटमा विभाजित भएका छन्। गएको साउन ३२ गते एक पक्षले विधिसम्मत रुपमा निर्वाचन सम्पन्न गरेको दाबी गरेको थियो। उक्त निर्वाचनमा विनय कुमार साह अध्यक्ष, गणेश साह वरिष्ठ उपाध्यक्ष, दिनेश कुमार साह उपाध्यक्ष, दीपेन्द्र प्रसाद साह उपाध्यक्ष, राकेश सर्राफ महासचिव, रामकृपाल साह सचिव, अमरनाथ साह कोषाध्यक्ष, धर्मनाथ साह सह-कोषाध्यक्ष, अनिलकुमार साहसहित ७ सदस्यहरूको कार्यसमिति चयन गरिएको थियो।

तर, अर्को पक्षले निर्वाचन प्रक्रिया अवैधानिक भएको भन्दै विवाद सुरु गर्‍यो। दुवै पक्षले जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा निवेदन दिएका थिए। प्रशासन कार्यालयले २०७९/०७/०१ मा आपसी सहमति बिना कुनै पनि कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको थियो। तर, यस निर्देशनलाई बेव  स्ता गर्दै अर्को पक्षले चौथो अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति गठन गरेको छ। गत बिहीबार मात्रै निर्वाचन गरिएको र सदस्यता नभएका व्यक्तिहरूले समेत मतदान गरेको आरोप लागेको छ।

सुनचाँदी व्यवसायी संघका महासचिव राकेश सर्राफले फर्जी मतदानको आरोप लगाउँदै निर्वाचन संयोजक महेश सर्वनकारका छोरा विशाल सर्वनकार, हसनैन अन्सारी, ओमप्रकाश साह, सुशिल साह लगायतका व्यक्तिहरूले अवैध तरिकाले मतदान गरेको बताएका छन्। हालै निर्वाचित नयाँ कार्यसमितिका अध्यक्षमा संजय कुमार साह, वरिष्ठ उपाध्यक्ष अमरनाथ शाह, उपाध्यक्षहरू सुरेन्द्र शाह सोनार, सुनिल कुमार विश्वकर्मा, सागर प्रसाद, महासचिव अनिल कुमार शाह सोनार, सचिव रविन्द्र राय, कोषाध्यक्ष सरोज कुमार शाह, सह-कोषाध्यक्ष शिव शंकर साह तथा अन्य आठ सदस्यहरू सहित १७ जनाको कार्यसमिति चयन भएको छ। दुई गुटबीचको विवादले संघभित्रको अवस्था थप जटिल बनेको छ र यसले व्यवसायीहरूबीच विभाजनको स्थिति निम्त्याएको छ।

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप लिग-२ : स्कटल्याण्डसँग खेल्दै नेपाल
विश्वकप लिग-२ : स्कटल्याण्डसँग खेल्दै नेपाल
माओवादीमा नारायणकाजीले मागे कार्यबाहक अध्यक्ष
माओवादीमा नारायणकाजीले मागे कार्यबाहक अध्यक्ष
काठमाडौं महानगरको इन्धन खर्च २२ करोड ६७ लाख रुपैयाँ
काठमाडौं महानगरको इन्धन खर्च २२ करोड ६७ लाख रुपैयाँ
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्न सीआईबीले अघि बढायो प्रक्रिया
ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्न सीआईबीले अघि बढायो प्रक्रिया
शिक्षकको माग पूरा गर्न संसद्‍को विशेष अधिवेशन बोलाउन सकिन्छ : प्रचण्ड
शिक्षकको माग पूरा गर्न संसद्‍को विशेष अधिवेशन बोलाउन सकिन्छ : प्रचण्ड
काठमाडौंको होटलमा फिल्मी स्टाइलमा डकैती: ‘प्रहरी हुँ’ भनेर तीन लाख बढी लुटपाट
काठमाडौंको होटलमा फिल्मी स्टाइलमा डकैती: ‘प्रहरी हुँ’ भनेर तीन लाख बढी लुटपाट
सुन र डलरको भाउ बढ्दा राष्ट्र बैंकलाई एक वर्षमा ९१ अर्ब नाफा
सुन र डलरको भाउ बढ्दा राष्ट्र बैंकलाई एक वर्षमा ९१ अर्ब नाफा
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा
राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा