राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण १९, २०८१
|
|
२८ पटक हेरिएको
Shares
राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले  काठमाडौँ उपत्यका केन्द्रित सङ्गठन विस्तार कार्यलाई तीव्रता दिएको छ ।
  • राप्रपा महामन्त्री तथा सङ्गठन विभाग प्रमुख धवल शमशेर राणा राणाले कीर्तिपुर नगर तहको सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै राजासहितको हिन्दु राष्ट्र राप्रपाको मूल एजेन्डा भएको बताए ।
  • उनले भने– ‘राजासहितको हिन्दु राष्ट्र राप्रपाको मूल एजेन्डा हो, जनताको बल र समर्थनमा यो लक्ष्य हामी प्राप्त गर्छौँ ।

१९ साउन,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले  काठमाडौँ उपत्यका केन्द्रित सङ्गठन विस्तार कार्यलाई तीव्रता दिएको छ ।

राप्रपा महामन्त्री तथा सङ्गठन विभाग प्रमुख धवल शमशेर राणा राणाले कीर्तिपुर नगर तहको सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै राजासहितको हिन्दु राष्ट्र राप्रपाको मूल एजेन्डा भएको बताए । उनले भने– ‘राजासहितको हिन्दु राष्ट्र राप्रपाको मूल एजेन्डा हो, जनताको बल र समर्थनमा यो लक्ष्य हामी प्राप्त गर्छौँ । मूल लक्ष्य प्राप्त नगरेसम्म हामी विश्राम गर्ने छैनौँ,’  विगत आन्दोलनको अनुभवका आधारमा यस पटक राप्रपा पूर्ण तयारीका साथ सडकमा उत्रने महामन्त्री राणाले बताए । सशक्त र प्रभावकारी आन्दोलनका लागि सानोभन्दा सानो विषय सम्बोधन गर्दै राप्रपा तयारीमा जुटेको उनले स्पष्ट पारे ।

महामन्त्री कुन्ती शाहीले देशमा विद्यमान विकृति र विसङ्गति सरकार परिवर्तन गरेर सम्बोधन नहुने भन्दै अहिलेको सङ्कट निराकरण गर्न सनातन पहिचानलाई आत्मसात् गर्नुपर्ने बताइन् । नेपाल निर्माणदेखिको यथार्थ अवस्था, धर्म संस्कृति परम्परा र भूराजनीति समेत सम्बोधन हुने गरी संविधान संशोधन गर्नुपर्ने उनको भनाइ थियो । प्रवक्ता तथा सङ्गठन विभागका सदस्य सचिव सगुन सुन्दर लावतीले नयाँ नेपाल बनाउँछु भन्ने समाजवादी, साम्यवादी र कथित लोकतन्त्रवादीहरूले देशलाई धुजा धुजा पारेको, प्रजातान्त्रिक नियन्त्रण सन्तुलन ध्वस्त बनाएको र लाज पचाएर जनतालाई ढाँटेको भन्दै दुख व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा बैठक : जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा बैठक : जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण
सञ्चारमन्त्रीको अध्यक्षतामा बसेको कार्यक्रमबाट रिसाउँदै बाहिरिइन् आशिका 
सञ्चारमन्त्रीको अध्यक्षतामा बसेको कार्यक्रमबाट रिसाउँदै बाहिरिइन् आशिका 
सभापति कप: सहिद गेटमा आज ट्रफी अनावरण हुँदै
सभापति कप: सहिद गेटमा आज ट्रफी अनावरण हुँदै
लिङ्देनको आरोप- एमाले अझै सुध्रिएन, बागमतीमा हाम्रा सांसद किन्यो
लिङ्देनको आरोप- एमाले अझै सुध्रिएन, बागमतीमा हाम्रा सांसद किन्यो
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप
पर्यटन मन्त्रालयलाई झन्डै १२ अर्ब बजेट
पर्यटन मन्त्रालयलाई झन्डै १२ अर्ब बजेट
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर
सुनचाँदीको मुल्यमा दिन दिनै नयाँ रेकर्ड, आज कतिमा भइरहेछ कारोबार ?
सुनचाँदीको मुल्यमा दिन दिनै नयाँ रेकर्ड, आज कतिमा भइरहेछ कारोबार ?
आफूलाई निष्कासन गरेपछि गगनले भने, कांग्रेस कसैको निजी कम्पनी होइन
आफूलाई निष्कासन गरेपछि गगनले भने, कांग्रेस कसैको निजी कम्पनी होइन
भारतबाट आजदेखि १६ घण्टासम्म बिजुली आयात हुने
भारतबाट आजदेखि १६ घण्टासम्म बिजुली आयात हुने