Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

ज्ञानेन्द्र शाहीको नेतृत्वमा राप्रपाको टोली जाजरकोटमा खटियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक १८, २०८०
|
|
६३ पटक हेरिएको
Shares
ज्ञानेन्द्र शाहीको नेतृत्वमा राप्रपाको टोली जाजरकोटमा खटियो

सारांश

  • राप्रपाले भूकम्पग्रस्त क्षेत्रमा उद्धार कार्यमा सहयोग पुऱ्याउनका लागि प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवकहरूको टोली खटाएको छ।
  • पार्टीको विभिन्न कार्यक्रमको सिलसिलामा अमेरिका भ्रमणमा रहेका अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लामा पार्टीको अभियानमा व्यस्त रहेका शाहीलाई बाँकी  सबै कार्यक्रमहरू स्थगन गरेर प्रभावित क्षेत्रमा आजै पुग्न निर्देशन दिएका छन् ।
  • सोहीअनुसार शाही टोली सहित जाजरकोटतर्फ प्रस्थान गरिसकेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

१८ कार्तिक, काठमाडौँ । राप्रपाले भूकम्पग्रस्त क्षेत्रमा उद्धार कार्यमा सहयोग पुऱ्याउनका लागि प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवकहरूको टोली खटाएको छ।

पार्टीको विभिन्न कार्यक्रमको सिलसिलामा अमेरिका भ्रमणमा रहेका अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लामा पार्टीको अभियानमा व्यस्त रहेका शाहीलाई बाँकी  सबै कार्यक्रमहरू स्थगन गरेर प्रभावित क्षेत्रमा आजै पुग्न निर्देशन दिएका छन् ।सोहीअनुसार शाही टोली सहित जाजरकोटतर्फ प्रस्थान गरिसकेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । लिङ्देनले सबै भातृसंगठन तथा छिमेकी जिल्लाका पार्टीका सबै कार्यकर्ता साथीहरूलाई पनि उद्धार तथा राहतका कार्यमा सहभागी हुन अनुरोध गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?