लमजुङमा हराएको व्यक्ति मृ*त फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ ७, २०८२
|
|
२८ पटक हेरिएको
Shares
 लमजुङमा हराएको व्यक्ति मृ*त फेला

सारांश

  • लमजुङको बेँसीसहर नगरपालिका–२ का ३१ वर्षीय बुधे सार्की हराएको दुई दिनपछि मृत फेला पर्नुभएको छ ।
  • बिहीबारदेखि बेपत्ता हुनुभएका सार्कीको शनिबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।
  •   जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले सार्कीको शव बेँसीसहर नगरपालिका–९, डम्पिङसाइटको पश्चिमतर्फ झिङ्गेखोलाको धारमा फेला परेको जानकारी दिनुभयो ।

७ असार, काठमाडौं ।

लमजुङको बेँसीसहर नगरपालिका–२ का ३१ वर्षीय बुधे सार्की हराएको दुई दिनपछि मृत फेला पर्नुभएको छ । बिहीबारदेखि बेपत्ता हुनुभएका सार्कीको शनिबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले सार्कीको शव बेँसीसहर नगरपालिका–९, डम्पिङसाइटको पश्चिमतर्फ झिङ्गेखोलाको धारमा फेला परेको जानकारी दिनुभयो ।

ढुङ्गाको चेपमा शव रहेको सूचनापछि प्रहरी टोलीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो । बेँसीसहर नगरपालिका–२ की मनमाया सार्कीले प्रदेश अस्पताल बेँसीसहर पुगेर सो शव आफ्ना छोराको भएको भनी सनाखत गर्नुभएको छ । शवलाई पोस्टमार्टमका लागि अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हालसम्म कर्तव्य भएको आशङ्का गर्ने कुनै आधार फेला नपरेको र पोस्टमार्टमपछि विस्तृत विवरण प्राप्त हुने प्रहरी निरीक्षक साह तेलीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ