प्रतिनिधिसभा बैठक बस्दै,स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १२, २०८१
|
|
३६ पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक बस्दै,स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउने

सारांश

  • बैठक दिउँसो १ बजे बस्ने संघीय सचिवालयले जनाएको छ।
  • आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौं वार्षिक प्रतिवेदन आव २०८०/०८१’ पेश गर्ने संभावित कार्यसूची छ।
  • गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय सचिवालयले जनाएको छ।

११ फागुन, काठमाडौं : संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने संघीय सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौं वार्षिक प्रतिवेदन आव २०८०/०८१’ पेश गर्ने संभावित कार्यसूची छ।

गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय सचिवालयले जनाएको छ। यसैगरी सांसद  शेरबहादुर कुँवरले ‘सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकहरूले विभिन्न अस्पतालबाट निःशुल्क सेवा पाउँदै आएकोमा नेपाल सरकार र प्रदेश सरकारबाट प्रदान गरिने अनुदान रकमको अभावले गर्दा सेवाबाट बञ्चित हुने अवस्था आएकोले उक्त अस्पतालबाट पाउँदै आइरहेको सेवाको निरन्तरता हुनुपर्ने’भन्ने सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूचीमा उल्ले‍ख छ।

उक्त प्रस्तावमाथि सांसद्वय दयाल बहादुर शाही र पुष्पबहादुर शाहले स्पष्टीकरण माग गर्नेछन्  । सांसद राजेन्द्र बजगाईले ‘नेपालका ग्रामिण क्षेत्रमा बाँदर र जङ्गली सुँगुर (बँदेल)को आतङ्कबाट खेतीबाली नष्ट भई किसानहरको सुरक्षामा समेत खतरा पैदा भएकाले समस्याको दिर्घकालीन समाधान गर्दै कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राख्नका लागि नीति निर्माण र कार्यान्वयनको आवश्यकता भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा छ। उक्त प्रस्तावको समर्थक सांसदद्वय उदय शंशेर जबरा र  संजय कुमार गौतमले समर्थन गर्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खोलाले बगाएकी महिला १० किलोमिटर टाढा मृत भेटिइन्
खोलाले बगाएकी महिला १० किलोमिटर टाढा मृत भेटिइन्
एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु
एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु
झोलुङ्गे पुलको पर्खाल भत्किँदा रोल्पामा  ४ जनाको मृत्यु
झोलुङ्गे पुलको पर्खाल भत्किँदा रोल्पामा ४ जनाको मृत्यु
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते
मतपत्र छपाइको तयारीमा जुट्यो निर्वाचन आयोग
मतपत्र छपाइको तयारीमा जुट्यो निर्वाचन आयोग
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु
तीन करोडमुनिका योजना र कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह
तीन करोडमुनिका योजना र कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह
टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
लिपुलेक अतिक्रमण विरुद्ध संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन
लिपुलेक अतिक्रमण विरुद्ध संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन
आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना
आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...