निजामती विधेयक अड्किएकोमा संसदीय समितिका सभापति असन्तुष्ट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ५, २०८२
|
|
२७ पटक हेरिएको
Shares
निजामती विधेयक अड्किएकोमा संसदीय समितिका सभापति असन्तुष्ट

सारांश

  • निजामती विधेयक संसद्मै अड्किएकोमा संसदीय समितिका सभापति नै असन्तुष्ट बनेका छन् ।
  • प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले छिट्टै निजामती विधेयक अगाडि बढाउन सरकारसँग माग गरेका छन् ।
  • सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति खतिवडालाई नागरिकता ऐन संशोधन विधेयक पेस गर्न समय दिएका थिए ।

५ असार, काठमाडौं ।

निजामती विधेयक संसद्मै अड्किएकोमा संसदीय समितिका सभापति नै असन्तुष्ट बनेका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले छिट्टै निजामती विधेयक अगाडि बढाउन सरकारसँग माग गरेका छन् ।सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति खतिवडालाई नागरिकता ऐन संशोधन विधेयक पेस गर्न समय दिएका थिए ।

नागरिकता ऐन संशोधन विधयकको प्रतिवेदन पेस गर्न रोष्ट्रम पुगेका सभापति खतिवडाले नागरिकता ऐन संशोधन विधेयकको प्रतिवेदन अड्किएको स्मरण गरे । ‘सभामुख महोदय, राज्य व्यवस्था तथा सुशासन समितिबाट हामीले पेस गरेको निजामती विधेयक पनि यहाँ आएर बसेको छ । कार्यसूचीमा आज प्रवेश गरेको देखिनँ । छिट्टै त्यो पनि कार्यसूचीमा आएर पारित हुने विश्वास मैले लिएको छु,’ सभापति खतिवडाले भने । सभापति खतिवडाले नै १ असारमा निजामती सेवा विधेयकको प्रतिवेदन पेस गरेका थिए । उक्त विधेयकलाई पारित गर्ने कार्यसूची गत मंगलबार नै तय भएको थियो । तर, त्यस दिन सभा उक्त कार्यसूचीमा प्रवेश नै गरेन । बिहीबार बसेको प्रतिनिधिसभाको कार्यसूचीमा निजामती सेवा विधेयकको प्रतिवेदन पास गर्ने विषय नपरेपछि संसदीय समितिका सभापति खतिवडाले असन्तुष्टि जनाएका हुन् ।

आफ्नो असन्तुष्टिलाई उनले रोष्ट्रमबाटै व्यक्त गरेका हुन् । निजामती विधेयकमा रहेको सरकारी कर्मचारीले अवकाश पाएपछि वा राजीनामा दिएपछि २ वर्षसम्म संवैधनिक वा अन्य नियुक्ति नपाउने सम्बन्धी प्रावधान छ । यसलाई कुलिङ पिरियडको रुपमा लिइन्छ । कुलिङ पिरियडको विषयमा उच्च पदस्थ कर्मचारीको असन्तुष्टि रहेको छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले समेत या विषयमा चासो राखेका छन् । कतै विधेयक रोकिन्छ कि भन्ने प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका सांसदहरूले पनि सरकारको ध्यानाकर्षण गरिरहेका छ्न् । यही बेला निजामती विधेयक अड्किएकोमा संसदीय समितिका सभापतिले पनि अगाडि बढाउन माग गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
सरकारी विद्यालयको शैक्षिक गुणस्तर निजी क्षेत्रको भन्दा राम्रो बनाउन जरूरी : शिक्षामन्त्री पन्त
सरकारी विद्यालयको शैक्षिक गुणस्तर निजी क्षेत्रको भन्दा राम्रो बनाउन जरूरी : शिक्षामन्त्री पन्त
प्रधानन्यायाधीश राउत १० दिने भ्रमणका लागि बेलायत जाँदै
प्रधानन्यायाधीश राउत १० दिने भ्रमणका लागि बेलायत जाँदै
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवाको निधन
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवाको निधन
इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु
इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु
उत्तरी युक्रेनमा रुसी ड्रोन आक्रमण, पाँच जनाको मृ*त्यु
उत्तरी युक्रेनमा रुसी ड्रोन आक्रमण, पाँच जनाको मृ*त्यु
जनार्दनले मागे प्रचण्डको राजीनामा
जनार्दनले मागे प्रचण्डको राजीनामा
राष्ट्रियसभामा पनि गृहमन्त्रीको राजीनामा माग
राष्ट्रियसभामा पनि गृहमन्त्रीको राजीनामा माग
कमिसन आरोप कपोलकल्पित : वन मन्त्री साह
कमिसन आरोप कपोलकल्पित : वन मन्त्री साह
आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ : गगन थापा
आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ : गगन थापा