Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

गुल्सनले यू–१९ एसिया कप खेल्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १०, २०८०
|
|
४४ पटक हेरिएको
Shares
गुल्सनले यू–१९ एसिया कप खेल्ने

सारांश

  • नेपाली सिनियर क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले यू–१९ एसिया कप खेल्ने भएका छन् ।
  • यू–१९ टिमका प्रशिक्षक जगत टमटाले सिनियर टिमबाट अनुभव बटुलिसकेका गुल्सनको आगमनले टिम सन्तुलित हुने बताए ।
  • ‘गुल्सन टिममा आउँदा सिनियर टिमको अनुभव लिइसकेको हुनाले प्रेसर ह्यान्डल गर्न सक्छ ।

१० मंसिर, काठमाडौं । नेपाली सिनियर क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले यू–१९ एसिया कप खेल्ने भएका छन् ।

यू–१९ टिमका प्रशिक्षक जगत टमटाले सिनियर टिमबाट अनुभव बटुलिसकेका गुल्सनको आगमनले टिम सन्तुलित हुने बताए । ‘गुल्सन टिममा आउँदा सिनियर टिमको अनुभव लिइसकेको हुनाले प्रेसर ह्यान्डल गर्न सक्छ । उसको आगमनले टिममा थप सन्तुलन मजबुत भएको छ’, उनले भने । सिनियर टिमबाट समेत एसिया कप खेलिसकेका गुल्सनले एकै वर्ष दुई वटा एसिया कप खेल्ने भएका हुन् । ‘टेष्ट राष्ट्रहरुसँग खेल्ने भएकाले उसको आगमनले टिम थप बलियो हुन्छ । उसको लागि पनि यो खेल खेल्दा अनुभव बढ्दै जान्छ’ प्रशिक्षक टमाटाले भने ।

सिनियर टिमबाट खेल्नका लागि पनि गुल्सनलाई यू–१९ एसिया कपको अनुभवले सहयोग पुग्ने टमाटाको भनाइ छ । यू–१९ क्रिकेट टिम ६ मंसिरदेखि एसिया कपको तयारीका लागि बन्द प्रशिक्षणमा छ । गुल्सन सहभागी भए पनि टिमको कप्तानी भने देव खनालले नै गर्ने प्रशिक्षक टमटाले बताए । पछिल्लो समय यू-१९ विश्वकप छनोटका बेला गुल्सन यू-१९ टिमको कप्तान तोकिएका थिए । तर त्यही बेला सिनियर टिममा बोलाए पछि उनले यू-१९ विश्वकप छनोट खेल्न पाएनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले मुस्लिम अगुवाहरु आक्रोसित
प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले मुस्लिम अगुवाहरु आक्रोसित
३० विगाह क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट
३० विगाह क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट
बाजुरा केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प
बाजुरा केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प
दमननाथ ढुङ्गानालाई अन्तिम श्रद्धाञ्जली, प्रधानमन्त्री ओलीले ओढाए राष्ट्रिय झण्डा
दमननाथ ढुङ्गानालाई अन्तिम श्रद्धाञ्जली, प्रधानमन्त्री ओलीले ओढाए राष्ट्रिय झण्डा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा सुरु
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा सुरु
प्रधानमन्त्री केपी ओलीले कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने
प्रधानमन्त्री केपी ओलीले कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने
वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको अर्थमन्त्रीको दाबी
वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको अर्थमन्त्रीको दाबी
यसरी तयार गरेर न्युयोर्क पठाइयो राष्ट्रसंघमा प्रधानमन्त्री शाहले गर्ने भाषण, १४ मिनेटमा के–के बोल्दैछन्
यसरी तयार गरेर न्युयोर्क पठाइयो राष्ट्रसंघमा प्रधानमन्त्री शाहले गर्ने भाषण, १४ मिनेटमा के–के बोल्दैछन्
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शर्मालाई धम्की दिने मादेन पक्राउ
शाहीलाई रिमालको जवाफ : पोल खुल्ने डरले ‘खाल’ जोगाउने हर्कत
शाहीलाई रिमालको जवाफ : पोल खुल्ने डरले ‘खाल’ जोगाउने हर्कत