रोहित, दीपेन्द्र र सन्दीपले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ ८, २०८१
|
|
२१ पटक हेरिएको
Shares
रोहित, दीपेन्द्र र सन्दीपले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने

सारांश

  • नेपाली तीन खेलाडीले क्यानडाको टी-२० लिग खेल्ने भएका छन् ।
  • नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने, कप्तान रोहितकुमार पौडेल र अलराउन्डर दीपेन्द्र सिंह ऐरी ग्लोबल टी–२० क्यानडा लिगमा अनुबन्ध भएका छन् ।
  • सन्दीप र दीपेन्द्र भ्यानकुभर नाइट्स र रोहित टोरन्टो नेसन्समा अनुबन्ध भएका हुन् ।

८ असार, काठमाडौं । नेपाली तीन खेलाडीले क्यानडाको टी-२० लिग खेल्ने भएका छन् ।

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने, कप्तान रोहितकुमार पौडेल र अलराउन्डर दीपेन्द्र सिंह ऐरी ग्लोबल टी–२० क्यानडा लिगमा अनुबन्ध भएका छन् । सन्दीप र दीपेन्द्र भ्यानकुभर नाइट्स र रोहित टोरन्टो नेसन्समा अनुबन्ध भएका हुन् । सन्दीप चौथो, दीपेन्द्र दोस्रो तथा रोहित पहिलोपटक यो लिग खेल्नेछन् । सन्दीपले यसअघि सन् २०१८ मा भएको पहिलो संस्करणमा मोन्ट्रेल टाइगर्स, सन् २०१९ मा टोरान्टो नेशनल्स र गत संस्करणमा सर्रे जग्वार्सबाट ग्लोबल टी–२० खेलेका थिए । उनीसम्मिलित जग्वार्स गत सिजनमा उपविजेता भएको थियो । ऊ फाइनलमा दीपेन्द्रआबद्ध मोन्ट्रेल टाइगर्ससँग ५ विकेटले पराजित भयो । यसपटक सन्दीप र दीपेन्द्रअनुबन्धित भ्यानकुभर नाइट्समा पाकिस्तानका बाबर आजम, आसिफ अली, मोहम्मद आमिर, दक्षिण अफ्रिकाका ड्वेन प्रिटोरियसलगायत नाम चलेका खेलाडी छन् ।

यस्तै, रोहितसम्मिलित टोरन्टो नेसन्समा पाकिस्तानका शाहीन साह अफ्रिदी र मोहम्मद नवाज, न्यूजिल्याण्डका कोलिन मुनरो, वेस्ट इण्डिजका रोमारियो सेफर्ड, दक्षिण अफ्रिकाका रस्सीभानडर दुसेनलगायत स्टार छन् । पहिलोपटक अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्रतियोगिता खेल्न लागेका रोहितले १२ हजार ५ सय अमेरिकी डलर अर्थात् १६ लाख ६६ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन् । उनलाई टोरन्टोले राउन्ड इलाभेनबाट अनुबन्ध गरेको हो ।  यस्तै, भ्यानकुभरमा जोडिएका दीपेन्द्रले १७ हजार ५ सय डलर अर्थात् २३ लाख ३३ हजार रुपैयाँ तलब पाउने छन् । उनी राउन्ड नाइनमा बिक्री भएका थिए ।

त्यस्तै, भ्यानकुभरमै आबद्ध सन्दीपले ३० हजार अमेरिकी डलर अर्थात् ३९ लाख ९९ हजार रुपैयाँ पारिश्रमिक पाउने आयोजकले जनाएको छ । उनी राउन्ड एटबाट अनुबन्ध भएका हुन् । सन्दीपले गत सिजनको ग्लोबल टी–२० मा ५.१७ को उत्कृष्ट इकोनमीमा ११ विकेट लिए । उनी उक्त सिजनमा सर्वाधिक विकेट लिने मामलामा पाँचौं स्थानमा रहे । सन्दीपको उत्कृष्ट प्रदर्शनको मद्दतमा पनि जग्वार्सलाई फाइनल पुग्न सहज भयो । यस्तै, उनले ग्लोबल टी–२० को डेब्यू सिजन अर्थात् २०१८ मा ५ खेलमा ७.८५ को इकोनमीमा ८ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू
आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन सांस्कृतिक पर्वले सहयोग पु¥याउँदछ : राष्ट्रपति
आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन सांस्कृतिक पर्वले सहयोग पु¥याउँदछ : राष्ट्रपति
हाँडीगाउँका विभिन्न रुटमा एकतर्फी प्रणाली लागू
हाँडीगाउँका विभिन्न रुटमा एकतर्फी प्रणाली लागू
सर्लहिया देवीक भूमिमे मलंगऽक बास
सर्लहिया देवीक भूमिमे मलंगऽक बास
तत्काल संसद् अधिवेशन आह्वान गर्न प्रतिपक्षी दलको माग
तत्काल संसद् अधिवेशन आह्वान गर्न प्रतिपक्षी दलको माग
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल भक्तपुरमा
अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल भक्तपुरमा
दशैंमा दैनिक करिब ५०० मेगावाट बिजुली खेर, भारतले दिएन थप निर्यात अनुमति
दशैंमा दैनिक करिब ५०० मेगावाट बिजुली खेर, भारतले दिएन थप निर्यात अनुमति
एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्री हायानबीच भेटवार्ता
एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्री हायानबीच भेटवार्ता
बूढानीलकण्ठ क्षेत्रमा १ सय ८१ वटा सीसी क्यामरा जडान, उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने
बूढानीलकण्ठ क्षेत्रमा १ सय ८१ वटा सीसी क्यामरा जडान, उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने