Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

क्यानडासँग ओडीआईमा पहिलो पटक हार्‍यो नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १, २०८१
|
|
६८ पटक हेरिएको
Shares
क्यानडासँग ओडीआईमा पहिलो पटक हार्‍यो नेपाल

सारांश

  • गएराति सम्पन्न खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको हो ।
  • ओडीआईमा क्यानडासँग नेपालको यो पहिलो हार हो ।
  • यसअघि क्यानडासँग भएको ३ भेटमा नेपालले शतप्रतिशत नतिजा निकालेको थियो ।

 

१ असोज , आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाल पहिलोपटक घरेलु टोली क्यानडासँग पराजित भएको छ। Worldlink adsगएराति सम्पन्न खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको हो । ओडीआईमा क्यानडासँग नेपालको यो पहिलो हार हो । यसअघि क्यानडासँग भएको ३ भेटमा नेपालले शतप्रतिशत नतिजा निकालेको थियो । २५४ रनको लक्ष्य पाएको नेपाल ४०.१ ओभरमा १५० रनमै अल आउट भयो । नेपालका करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए । यस्तै, सन्दीप लामिछानेले २२, आसिफ शेखले २०, भीम सार्कीले १८, गुलशन झाले १५ र कुशल मल्लले १२ रन बनाए ।क्यानडाका तीव्र गतिका बलर डिलोन हेलिगरले १० ओभरमा ३१ रन खर्चेर ५ विकेट लिए । अखिल कुमार र अंश पटेलले २-२ विकेट लिए । सादविन जाफरले १ विकेट लिए । त्यसअघि किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनाएको थियो । एक समय ४० ओभरमा १४९-५ को अवस्थामा रहेको क्यानडाले अन्तिम १० ओभरमा १०४ रन जोडेको थियो । क्यानडाका लागि कप्तान निकोलस किर्टोनले ४४ बलमा ३ चौका र ६ छक्कासहित ७३ रनको अविजित इनिङ खेले नवनीत धालिवालले ९० बलमा ४ चौकासहित ४८, आरोन जोनसन १०, परगत सिंह १७, हर्ष थाकेर २७, डिलोन हेलिगर ३० र साद बिन जाफरले १७ रन बनाए । नेपालका सोमपाल कामी र ललित राजवंशीले २-२ विकेट लिए । सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले १-१ विकेट लिए ।  नेपालले बुधबार ओमानसँग खेल्नेछ ।यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जाोड्न सकेनन् । ओपनर कुशल भुर्तेल १ रन बनाएर आउट हुँदा रोहित पौडेल ५, दीपेन्द्रसिंह ऐरी ८ र सोमपाल कामी ६ रनमा आउट भए । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभित्रै सम्भावना छ, सकारात्मक सोचौँ, रचनात्मक बनौँ : प्रचण्ड
देशभित्रै सम्भावना छ, सकारात्मक सोचौँ, रचनात्मक बनौँ : प्रचण्ड
सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना
सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना
जनआस्थाको कार्यालयमा प्रहरीको छापा
जनआस्थाको कार्यालयमा प्रहरीको छापा
जेनजी प्रदर्शनमा कारागार तोडेर भागेका ८ हजार कैदीबन्दी अझै फरार
जेनजी प्रदर्शनमा कारागार तोडेर भागेका ८ हजार कैदीबन्दी अझै फरार
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन
आठ वर्षअघि नै सर्वोच्चको व्याख्या : प्रधानमन्त्री बन्न सांसदको शपथ अनिवार्य छैन’
आठ वर्षअघि नै सर्वोच्चको व्याख्या : प्रधानमन्त्री बन्न सांसदको शपथ अनिवार्य छैन’
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीले लिए क्षेत्रगत समस्याको ब्रिफिङ
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीले लिए क्षेत्रगत समस्याको ब्रिफिङ
जनकपुरधामका संस्थागत शैक्षिक संस्था आजदेखि अनिश्चितकालीन बन्द
जनकपुरधामका संस्थागत शैक्षिक संस्था आजदेखि अनिश्चितकालीन बन्द
वायु प्रदूषणमा दिल्लीलाई पछ्याउँदै काठमाडौं
वायु प्रदूषणमा दिल्लीलाई पछ्याउँदै काठमाडौं