सेयर बजार २५२८ मा झर्‍यो, घट्यो कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २८, २०८२
|
|
४० पटक हेरिएको
Shares
सेयर बजार २५२८ मा झर्‍यो, घट्यो कारोबार

सारांश

  • मंगलबार सेयर बजारको परिसूचक नेप्से १९.
  • ४३ अंक घटेको छ ।
  • सो गिरावटसँगै नेप्से २५२८ मा कायम भएको छ ।

२८ असोज, काठमाडौं ।

मंगलबार सेयर बजारको परिसूचक नेप्से १९.४३ अंक घटेको छ । सो गिरावटसँगै नेप्से २५२८ मा कायम भएको छ । कारोबार खुल्दा केही बेर बजार बढे पनि आधा घण्टामै ओर्लियो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ९७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ३६ करोडको भयो । ३३ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो भने ५ को स्थिर रह्यो । व्यापार सबैभन्दा धेरे १.४८ प्रतिशत बढ्यो भने हाइड्रोपावर सबैभन्दा धेरै १.७१ प्रतिशत घट्यो । निर्जीवन बीमा १.१०, माइक्रोफाइनान्स ०.७९, उत्पादन तथा प्रशोधन ०.९८, जीवन बीमा ०.९८, लगानी १.१६, होटल तथा पर्यटन १.११, फाइनान्स १.४०, विकास बैंक १.०० र बैंकिङ ०.८२ प्रतिशत घटे ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । शुभम् पावर र ग्रामीण विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५.८६, विन्ध्यबासिनी हाइड्रोपावरको ५.३१, सुपरमाइ हाइड्रोपावरको ४.८४ प्रतिशत बढ्यो । समाज लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ७.५४, माइखोला हाइड्रोपावरको ६.७२, एसियन हाइड्रोपावरको ६.१८ र भूगोल इनर्जीको मूल्य ५.१३ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइनस्योरेन्स, सीईडीबी होल्डिङ्स, युनियन हाइड्रोपावर र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोल्पाबाट प्रचण्ड र वर्षमान उम्मेदवार सिफारिस, समानुपातिकतर्फ महरा
रोल्पाबाट प्रचण्ड र वर्षमान उम्मेदवार सिफारिस, समानुपातिकतर्फ महरा
काठमाडौं महानगरपालिकाको वडा नं. ११ को सेवा अब नवनिर्मित भवनबाट
काठमाडौं महानगरपालिकाको वडा नं. ११ को सेवा अब नवनिर्मित भवनबाट
नेपाल फार्मा एक्स्पो सम्पन्न : नेपाली औषधिले भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्न सक्ने
नेपाल फार्मा एक्स्पो सम्पन्न : नेपाली औषधिले भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्न सक्ने
तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री ओली
तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री ओली
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
बाढीमा फसेकी महिलाको सकुशल उद्धार
बाढीमा फसेकी महिलाको सकुशल उद्धार
दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ
दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ
जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा
जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा
सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गरिने
सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गरिने
शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक
शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक