Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मानव जीवनका लागि ऊर्जा अक्सिजन सरह : ऊर्जामन्त्री खड्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
३५ पटक हेरिएको
Shares
मानव जीवनका लागि ऊर्जा अक्सिजन सरह : ऊर्जामन्त्री खड्का

सारांश

  • ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा मानव जीवनको लागि अक्सिजन सरह बनेको महसुस भइसकेको बताएका छन् ।
  • सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले ऊर्जा निर्यात र सदुपयोग मात्रै नभएर अक्सिजनको रूपमा मानिसहरूलाई आवश्यकता भइसकेको बताए ।
  • ऊर्जा केवल पूर्वाधारको विषय मात्रै नभई समृद्ध राष्ट्रको मेरुदण्ड रहेको विषयमा दुई मत नरहेको बताउँदै उनले दीर्घकालीन रूपमा विद्युतीय ऊर्जामा आत्मनिर्भर बनाएर ऊर्जा सुरक्षाको सुनिश्चितता गर्नु सबैको कर्तव्य भएको जिकिर गरे ।

९ असार, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा मानव जीवनको लागि अक्सिजन सरह बनेको महसुस भइसकेको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले ऊर्जा निर्यात र सदुपयोग मात्रै नभएर अक्सिजनको रूपमा मानिसहरूलाई आवश्यकता भइसकेको बताए । ऊर्जा केवल पूर्वाधारको विषय मात्रै नभई समृद्ध राष्ट्रको मेरुदण्ड रहेको विषयमा दुई मत नरहेको बताउँदै उनले दीर्घकालीन रूपमा विद्युतीय ऊर्जामा आत्मनिर्भर बनाएर ऊर्जा सुरक्षाको सुनिश्चितता गर्नु सबैको कर्तव्य भएको जिकिर गरे ।

‘ऊर्जा निर्यात र सदुपयोग मात्रै नभएर अक्सिजनको रूपमा मानिसहरूलाई आवश्यकता परेको कुरा यहाँहरूलाई थाहा नै छ । ऊर्जा अब केबल पूर्वाधारको विषय मात्रै नभएर समृद्ध राष्ट्रको मेरुदण्ड हो भन्ने कुरामा हाम्रो दुई मत छैन,’ मन्त्री खड्काले भने, ‘ऊर्जा हाम्रो जीवनको लागि अक्सिजन सरह बनेको कुरा हामीले महसुस गर्न थालेका छौँ । त्यसैले दीर्घकालीन रूपमा विद्युतीय ऊर्जामा आत्मनिर्भर बनाउँदै ऊर्जा सुरक्षाको सुनिश्चितता गर्नु हाम्रो कर्तव्य भएको छ ।’ आगामी दश वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत् पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको उनले जानकारी दिए । आन्तरिक प्रयोगको लागि १३ हजार ५०० मेगावाट र निर्यात प्रयोजनको लागि १५ हजार मेगावाट रहेको समेत उनले जानकारी दिए ।

‘२८ हजार ५०० मेगावाट विद्युत् दश वर्षभित्र पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको छ । कुल उत्पादनको लक्ष्य २८ हजार ५०० मेगावाट पुर्‍याउँदै गर्दा आन्तरिक हामीले प्रयोग गर्ने विद्युत् नै १३ हजार ५०० मेगावाट हुने हाम्रो अध्ययनले देखाएको छ,’ उनले भने, ‘निर्यात प्रयोजनको लागि १५ हजार मेगावाट रहेको छ । १० हजार भारतमा र ४० मेगावाट अहिले बंगलादेशमा निर्यातको लागि सम्झौता भइसकेको छ । बङ्गलादेशको माग र हाम्रो उत्पादनलाई ध्यानमा राखेर १५००० निर्यात गर्न सकिन्छ भन्ने अनुमान छ । त्यसै अनुसार काम भइरहेको छ ।’ उनले सरकारको लक्ष्य पछ्याउनको लागि कुल ९८ दशमलव ९ अर्ब डलरको आवश्यकता पर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी
मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी
आदिवासीमाथि भएको विभेद सच्याउन सरकारसँग सांसद तामाङको माग
आदिवासीमाथि भएको विभेद सच्याउन सरकारसँग सांसद तामाङको माग
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
कोशी प्रदेसमाथि मधेशको १६५ रनको फराकिलो जित
कोशी प्रदेसमाथि मधेशको १६५ रनको फराकिलो जित
प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ
प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ
भूमाफियाको चलखेल रोक्ने सर्वोच्चको फैसला, सर्दु जलाधारको क्षेत्र सिमांकन
भूमाफियाको चलखेल रोक्ने सर्वोच्चको फैसला, सर्दु जलाधारको क्षेत्र सिमांकन
दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता
अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता
सुदन गुरुङलाई रवि लामिछानेले भने– ‘मलाई अन्याय भयो, जेनजी मुभमेन्टको साथमा छौँ’
सुदन गुरुङलाई रवि लामिछानेले भने– ‘मलाई अन्याय भयो, जेनजी मुभमेन्टको साथमा छौँ’
जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता, साढे ३७ करोड मागदाबी
जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता, साढे ३७ करोड मागदाबी